नक्कली भुटानी शरणार्थी प्रकरणको आदेश १० दिनमा आउने

Bhugolpark

२१ जेष्ठ, २०८०,१४:१३

२१ जेठ, काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा ३१ जेठमा आदेश आउने भएको छ । यस आदेशमा आरोपीहरुलाई थुन्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भन्नेबारे आदेश गर्ने भएको छ ।


न्यायाधीश प्रेमप्रसाद न्यौपानेले दुवै पक्षको बहसका लागि समय व्यवस्थापन गर्न आदेश दिँदै त्यो दिन मध्याह्नअघि बहस टुंग्याउन आग्रह गरेका हुन् ।


शुरुमा सरकारी वकिललाई २ दिन बहसका लागि समय दिने भनिए पनि टोपबहादुर रायमाझीका कानून व्यवसायीहरुले आफूहरुलाई पुरै एक दिन आवश्यक पर्ने भन्दै समय मागे र त्यसपछि सरकारी वकिल, जाहेरीकर्ताका कानून व्यवसायी, आरोपितहरुका कानून व्यवसायीहरुका लागि समय व्यवस्थापन गरिएको हो ।

 


536 Views

Comments