पेरिस ओलम्पिक : भव्यरुपमा सम्पन्न,पदक तालिकामा चीनलाई उछिन्दै अमेरिका पहिलो स्थानमा

२८ श्रावण, २०८१,१६:१२

फ्रान्सको पेरिसमा जारी ३३औँ गृष्मकालिन ओलम्पिक भव्यरुपमा सम्पन्न भएको छ । फ्रान्सको पेरिसमा जुलाई २६ देखि सुरु भएको ओलम्पिक गएराति विशेष समारोहका बीच समापन गरिएको हो । अबको चार वर्षपछि ३४औँ गृष्मकालिन ओलम्पिक संयुक्त राज्य अमेरिकाको लस एन्जलसमा हुनेछ ।

३२ वटा खेलका लागि ३२९ वटा इभेण्ट सञ्चालन गराइएको ओलम्पिकमा २०६ ओलम्पिक राष्ट्रिय टिमका ६ हजार ८०० खेलाडी सहभागी थिए ।त्यसैगरी नेपालसहित एशियाका ४४ वटा देशहरूले भाग लिएका थिए ।

पाकिस्तान १ स्वर्ण पदकसहित ६२औँ स्थानमा पुग्न सफल भएको छ भने भारत १ रजत र ५ कांस्य कूल ६ पदकसहित ७१औँ स्थानमा पुग्न सफल भएको छ । कूल ९१ राष्ट्रले पदक तालिकामा आफ्नो उपस्थिति जनाउँन सफल भएका छन् ।

ओलम्पिकमा अमेरिका र चीनले बराबरी स्वर्ण जितका छन् । अमेरिकाले अन्तिममा स्वर्ण बराबरि बनाउँदा चीनलाई पदक संख्यामा उछिनेको हो ।

अमेरिका ४० स्वर्ण, ४४ रजत र ४२ कांस्य कूल १२६ पदक जितेर पहिलो स्थान हासिल गरेको छ । चीन ४० स्वर्ण, २७ रजत र २४ कांस्य गरी कूल ९१ पदक जितेर दोस्रो स्थान हासिल गरेको छ । जापान २० स्वर्ण, १२ रजत र १३ कांस्य कूल ४५ पदक जितेर तेस्रो स्थान हासिल गरेको छ । अष्ट्रेलिया १८ स्वर्ण, १९ रजत र १६ कांस्य कूल ५३ पदक जितेर चौथो स्थान हासिल गरेको छ । त्यसैगरी आयोजक राष्ट्र फ्रान्स १६ स्वर्ण, २६ रजत र २२ कांस्य कूल ६४ पदक जितेर पाँचौ स्थान हासिल गरेको छ ।

नेदरल्यान्डस् १५ स्वर्ण, ७ रजत र २२ कांस्य कूल ३४ पदक जितेर छैटौँ स्थान हासिल गरेको छ । बेलायत १४ स्वर्ण, २२ रजत र २९ कांस्य कूल ६५ पदक जितेर सातौँ स्थान हासिल गरेको छ । द. कोरिया १३ स्वर्ण, ९ रजत र १० कांस्य कूल ३२ पदक जितेर आठौँ स्थान हासिल गरेको छ । इटली १२ स्वर्ण, १३ रजत र १५ कांस्य कूल ४० पदक जितेर नवौँ स्थान हासिल गरेको छ । जर्मनी १२ स्वर्ण, १३ रजत र ८ कांस्य कूल ३३ पदक दशौँ स्थान हासिल गरेको छ ।



285 Views

Comments