ओलीले गरे २५ सदस्यीय मन्त्री परिषद विस्तार

Bhugolpark

२५ श्रावण, २०८१,१५:०७

३१ असारमा ओलीले २२ सदस्यीय मन्त्री परिषद विस्तार गरेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले ओलीसहित २१ मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । त्यसपछि उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह शहरी विकास र विष्णुप्रसाद पौडेलले अर्थमन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।

अन्य मन्त्रीहरूमा क्रमश: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, गृहमन्त्री रमेश लेखक, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी, परराष्ट्रमन्त्री डा आरजु राणा, खानेपानीमन्त्री प्रदीप यादव, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडी रहेका छन् । 

यसैगरी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, रक्षामन्त्री मानवीर राई, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही रहेका छन् ।

ओलीद्वारा १८ साउनमा दोस्रोपटक मन्त्रिपरिषद विस्तार 

प्रधानमन्त्री केपी शर्मा ओलीले १८ साउनमा दोस्रोपटक मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले कांग्रेसका २ र नागरिक उन्मुक्तिका १ राज्यमन्त्री थप गरेका हुन् ।

मन्त्रीपरिषदमा कांग्रेसका प्रतिनिधि सभा सांसद रुपा बिक वन तथा वातावरण र पूर्णबहादुर तामाङ (कान्छाराम) ऊर्जा र नाउपाका प्रतिनिधि सभा सांसद अरूणकुमार चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा नियुक्त भएका हुन । उनीहरू तीनै जनालाई प्रधानमन्त्रीको सिफारिसमा आजै राष्ट्रपति रामचन्द्र पौडेलले सपथ ग्रहणसमेत गराएका छन् ।

सत्तारुढ घटक कांग्रेस र एमाले मन्त्रीपरिषदलाई समावेशी गर्न र नाउपालाई पनि समेट्नका लागि राज्यमन्त्री थप्ने निर्णयमा पुगेका हुन् ।


219 Views

Comments