Wed, 25th, Nov 2020

 

author
भोट कस्लाई ? US Presidential Election: Biden vs. Trump. Who will lead America for next 4 years? Participate in the first ever poll of people of Nepali origin living in the USA.

On November 3, 2020 Americans will vote in a general election that will elect a president and vice president for four years, along with numerous federal and state public office. The presidential election is between Donald Trump and Mike Pence (Republican) and Joe Biden and Kamala Harris (Democratic).


This poll is being conducted exclusively for people of Nepali origin living in the United States. This poll is the first of its kind for people of Nepali origin living in the United States to gauge their support for candidates in the upcoming presidential election. By design, all votes are confidential and are not personally identifiable. The anonymous selections you provide will be tabulated in the final results. For an accurate result provide the answer that best matches your thinking and background.


The poll is going to take approximately 1-3 minutes. The poll results will be published subsequently. Like us in https://www.facebook.com/BhugolPark or register to stay updated or tell us your suggestions.

17 1 १९ आश्विन, २०७७
author
भुगोलपार्क अभिमत सर्वेक्षण: प्रदेश ५ राजधानी विवाद | के हो समाधान?

प्रदेश ५ को स्थायी राजधानी दांगको देउखुरी र नाम लुम्बिनी प्रस्ताव पारित भएको छ । प्रदेश ५ मा १२ जिल्ला छन् । तीमध्ये भौगोलिक रुपमा बुटवल पायक पर्ने र दाङ पायक पर्ने जिल्लाको संख्या आधाआधी छन् । प्रदेश ५ का साविकका तिन अञ्चल लुम्बिनी, राप्ती र भेरी अञ्चल को प्रशासनिक मनोभाव, आर्थिक क्षमता,वित्तीय अवस्था, भौगोलिक सुगमता र जनभावना विश्लेषण गरेर राजधानी तोक्नुपर्नेमा नेताहरले राजनीतिक दाउपेच र प्रतिष्ठाको विषय बनाएकोले पनि थप पेचिलो बन्न पुगेको हो ।

21 2 १८ आश्विन, २०७७
author
भुगोलपार्क अभिमत सर्वेक्षण: डा.गोविन्द केसीको ६ बुँदे माग ?

डा.गोविन्द केसी एक अर्थोपेडीक सर्जन तथा समाजसेवी हुन् । उनी त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालका अर्थोपेडिक प्राध्यापक एवम् सर्जन हुन् । उनले नेपालको स्वास्थ्य क्षेत्रमा भएको दुराचार, अवैध तथा अनियमित व्यवस्थाको विरोध गर्दै विभिन्न पटक अनसन बस्दै आएका छन् । उनले भदौं २९ मा जुम्लाबाट ६ बुँदे मागसहित १९सौँ पटकको अनसन थालेका छन्।


डा.गोविन्द केसीको ६ बुँदे माग

१. विगतको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरिनुपर्ने ।


२. विश्वबिद्यालयहरुमा समितिले दिएको सुझाब अनुरूप निष्पक्ष र पारदर्शिता ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गरिनुपर्ने ।


३.नेपालका सबै निजी मेडिकल कलेजले अवैध रुपमा असूल गरेको सम्पूर्ण रकम फिर्ता गरि साथै संचालकहरुलाई फौजदारी कानुनबमोजिम कडाभन्दा कडा कारबाही हुनुपर्ने।


४.संसदीय उपसमितिको माफियाको प्रभावमा गरिएको शुल्क र सीट संख्यामा वृद्वि गर्नेसम्बन्धी लगायतको निर्णय तत्काल खारेज हुनुपर्ने। 


५. एमबीबीएसको अध्यापन तत्काल सुरु गराइनुपर्ने, मेडिकल कलेज स्थापना नगरिएका प्रदेशमा अविलम्ब त्यसको प्रकिया थालिनुपर्ने । प्रदेश नं दुई र चार तथा डोटी, डडेल्धुरा, उदयपुर, इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने तत्काल प्रक्रिया अघि बढाउनुपर्ने ।


६. संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरुमा दलीय भागवंडाबाट नभई पीडितको विश्वास जित्ने विज्ञहरुलाई निर्बातरुपमा नियुक्त गरिनुपर्ने ।


4 0 ११ आश्विन, २०७७
author
भुगोलपार्क अभिमत सर्वेक्षण: वैवाहिक अंगीकृत नेपाली नागरिकता बारे तपाईलाई थाहा छ ?

अंगीकृत नागरिकता भनेको वंशजको नागरिकता जस्तो अधिकार नभई यो राज्यले विदेशबाट नेपालमा आई नेपाली पुरुषसँग विवाह गरेर स्थाई रुपमा नेपाल बस्न चाहेको खण्डमा दिने सुविधा हो । नेपालको संविधानले नेपाली नागरीक हुनुको लागि नेपाली पुरुषसँग विवाह गरेर आएको विदेशी महिलालाई नेपाली नागरीक हुन दिएको संविधानिक प्रावधान हो । यो एउटा नेपालको राष्ट्रिय परिचय पत्र हो । यो परिचय पत्र प्राप्त गरेपछी नेपालको अंगीकृत नागरीक हुन पाइन्छ । विश्वभरिका देशले विभिन्न सात देखि आठवटा आधारलाई मापदण्डको रूपमा विकास गरी तिनको आधारमा मात्र वैवाहिक अंगीकृत नागरिकता दिने गरेका छन् ।वैवाहिक अंगीकृत नागरिकता बसोबास अवधि पूर्व ,नागरिकता परित्याग , भाषा , नागरिकता लिने देशबारे ज्ञान, असल चरित्र , गैर अपाराधिक रेकर्ड तथा नागरिकता लिने देशप्रति निष्ठाको सपथका आधारमा प्रधान गरिन्छ । नेपालको संघीय कानून बमोजिम अंगीकृत नागरिकता नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले र विदेशी नागरिकसँग विवाह गरेकी नेपाली नागरिकबाट जन्मिएको र नेपालमा नै स्थायी बसोवास गरेको र विदेशी नागरिकता प्राप्त नगरेको व्यक्तिले प्राप्त गर्न सकिनेछ।

2 0 ६ आश्विन, २०७७
author
भुगोलपार्क अभिमत सर्वेक्षण: नेपालमा एम.सि.सि पास हुनुपर्छ कि पर्दैन ?

एमसीसी भनेको अमेरिकाले नेपालको विकासमा हातेमालो गर्दै अघि बढ्ने योजना हो । यसले विकासउन्मुख राष्ट्रहरूको लागि अनुदान प्रदान गर्दछ ।एमसीसीको अन्र्तरगत नेपालमा करिब ५६ अर्ब रुपैयाँ अथवा ५० करोड अमेरिकी डलर सहयोग उपलब्ध गराउन लागेको हो । यसमा थप १३ करोड अमेरिकी डलर नेपालले थपेर ६३ करोड लगानी र्गर्नेकुरा उल्लेख गरिएको छ । यो रकम नेपालको विद्युत् प्रसारण लाइन र राजमार्ग स्तरोन्नतिमा खर्च र्गर्ने कुरा उल्लेख गरिएको छ ।यसले नेपालको विद्युत प्रसारण लाईन भन्ने र राज्जमार्गहरु स्तरोउन्नती हुने देखिन्छ तर एमसीसीको अन्र्तरगत रहेको केही विभादित धाराहरुको कारण यो परियोजना विवादमा परेको छ।

0 0 २३ भाद्र, २०७७
author
भुगोलपार्क अभिमत सर्वेक्षण: कुलमान घिसिङ पुनः नेपाल विद्युत प्राधिकरणको प्रमुख पदमा नियुक्ति हुनुर्पछ ?

नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङको जन्म नोभेम्बर २५, १९७० मा रामेछापको दुर्गम गाउँ बेथानमा भएको हो।

उनको प्राथमिक शिक्षा गाँउमै बित्यो। कक्षा ५ पास गरेपछि उहाँ आफ्नो दाईहरु संग काठमाण्डौँ आएर बालसेवा माध्यमिक विद्यालयमा र पछि आएर अमर आदर्श बोडिङ स्कुलमा अध्ययन र्गनुभयो । अमृत साइन्स क्याम्पसबाट आईएस्सी गरेपछि उहाँ छात्रवृत्तिमा भारतको जम्सेदपुर बाट सन् १९९४ मा बीएस्सी इलेक्टिकल इन्जिनियर  र पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट मास्टर्स गर्दा रिसोस प्लानिङ विथ डिमाण्ड साइड म्यानेजमेन्टमा थेसिस गर्नुभएका कुलमानले पोखरा विश्वविद्यालय बाट इएम.बीए  पनि गर्नु भएको छ ।

 उनी १४ सेप्टेम्बर २०१६ देखि नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक पदमा कार्यरत छन् । त्यस भन्दा अगाडी  उनी राहुघाट जलविद्युत् आयोजनाका प्रोजेक्ट चीफको रूपमा कार्यरत थिए र चिलिमे हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक पनि थिए। उनको मासिक तलब अन्य सेवा सुविधा बाहेक करिब ६० हजारको हारहारीमा रहेको छ ।

उनी नेपाल विद्युत प्राधिकरणको प्रमुख भइसके पछी ९ अरब घाटामा गएको विद्युत प्राधिकरण ९ नै अरब नाफामा गैसकेको छ । कुलमान  घिसिङ नेतृत्व पछि नेपाल विद्युत प्राधिकरणले यो सफलता हासिल गरेको हो ।

0 0 १५ भाद्र, २०७७
arrow