प्रविधि समस्याका कारण सवारी लाइसेन्स सेवा अस्थायी रूपमा बन्द"

Bhugolpark

२० असार, २०८२,१४:५४

प्रविधिमा आएको समस्या कारण यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सबै सेवा अस्थायी रूपमा बन्द गरेको छ।


शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै विभागले अनलाइन आवेदन प्रणाली, आपतकालीन लाइसेन्स प्रिन्टिङ सेवा र EDL (इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स) प्रणाली मर्मत कार्य सम्पन्न नभएसम्म बन्द रहने जानकारी दिएको छ।


विभागले आम नागरिकलाई असुविधा भएकोमा क्षमायाचना गर्दै प्रणाली पुनः सञ्चालनमा आएपछि आवश्यक सूचना सार्वजनिक गरिने जनाएको छ।


381 Views

Comments