गत पाँच वर्षमा दुर्घटना :

१८ बैशाख, २०८१,१०:५२

 प्रहरीका अनुसार आव २०७६/७७ मा २ हजार २ सय ५१, आव २०७७/७८ मा २ हजार ५ सय, आव २०७८/७९ मा २ हजार ८ सय ८३ र आव २०७९/८० मा २ हजार ३ सय ६८ ले सवारी दुर्घटनाबाट ज्यान गुमाएका छन् । आर्थिक वर्षको माघ मसान्तसम्म दुर्घटनाका कारण नेपालमा १ हजार ३ सय ३ जनाले अकालमा ज्यान गुमाएका छन् ।

यसमध्ये सबैभन्दा धेरै मधेस प्रदेशमा रहेको छ । मधेस प्रदेशमा मात्र साउनदेखि माघ मसान्तसम्म २ सय ९० जनाले ज्यान गुमाएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल बताउनुहुन्छ । यस्तै, लुम्बिनी प्रदेशमा २ सय ६१, कोशी प्रदेशमा २ सय १९, बागमती प्रदेशमा १ सय ७३, सुदूरपश्चिम प्रदेशमा १ सय ४, गण्डकी प्रदेशमा १ सय, काठमाडौँ उपत्यकामा ९६ र कर्णाली प्रदेशमा ६० जनाले सवारी दुर्घटनाबाट ज्यान गुमाएका छन् ।



163 Views

Comments