२०८२ फागुन २१ (5 March 2026) को निर्वाचनमा जिम्मेवार नागरिक कसरी बन्ने, स्टेप बाइ स्टेप प्रक्रिया जान्नुहोस् र आजै दर्ता गर्नुहोस !
१. election.gov.np पोर्टलमा जानुहोस।
२. ५ विकल्पमध्ये दोस्रो अनलाइन प्रि–एनरोलमेन्ट (मतदाता नामावली प्रि-दर्ता/अद्यावधिक) छान्नुहोस्।
३. New Registration (नयाँ दर्ता) क्लिक गर्नुहोस्।
४. आफ्नो मोबाइल नम्बर राखेर पठाइिएको OTP कोड राख्नुहोस।
५. अर्को पृष्ठमा “नयाँ दर्ता” विकल्प छान्नुहोस् र दिइएका निर्देशन ध्यानपूर्वक पढेर अघि बढ्नुहोस्।
६. व्यक्तिगत विवरणहरू (प्रदेश, जिल्ला, वडा, निर्वाचन क्षेत्र, नागरिकता नम्बर वा राष्ट्रिय परिचयपत्र नम्बर (NID) आदि) भर्नुहोस्।
Note: फारम पूरा भएपछि डाउनलोड/प्रिन्ट गरी आवश्यक कागजातसहित निर्वाचन कार्यालयमा बुझाउनुहोस्। त्यसपछि तपाईंले मतदाता परिचयपत्र (Voter ID) प्राप्त गर्नुहुनेछ र मतदान गर्न तयार हुनुहुनेछ।
Comments