नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा छ प्रतिशतको वृद्धि भएसँगै २४ मङ्सिरमा १२ बजेर ७ मिनेटमा कारोबार..." />
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा छ प्रतिशतको वृद्धि भएसँगै २४ मङ्सिरमा १२ बजेर ७ मिनेटमा कारोबार बन्द भएको थियो ।

Bhugolpark

६ जेष्ठ, २०८१,१२:४३

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा छ प्रतिशतको वृद्धि भएसँगै २४ मङ्सिरमा १२ बजेर ७ मिनेटमा कारोबार बन्द भएको थियो । सो दिन परिसूचक १ सय ११ दशमलव २० अङ्कले बढेर १ हजार ९ सय ६३ दशमलव ९८ को विन्दुमा कायम भएको थियो।

दिउँसो ११ बजेर पाँच मिनेटमा नेप्से परिसूचकमा चार प्रतिशतको वृद्धि अर्थात् पहिलो सकारात्मक सर्किट लागेसँगै २० मिनेटका लागि कारोबार रोकिएको थियो । एघार बजेर २५ मिनेटमा कारोबार खुलेको दुई मिनेटमै दोस्रोपटक सकारात्मक सर्किट लागेको थियो । परिसूचकमा पाँच प्रतिशतको वृद्धि देखिएपछि ४० मिनेटका लागि कारोबार रोकिएको थियो । त्यस्तै, नेप्से परिसूचकमा १२ बजेर ७ मिनेटमा छ प्रतिशतको वृद्धि अर्थात् तेस्रोपटक सकारात्मक सर्किट लागेपछि दिनभरिको कारोबार स्थगित भएको थियो ।

मुख्यगरी पुँजीबजारसँग सम्बन्धित विषयमा राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार घटाई १ सय २५ प्रतिशत कायम गरेको थियो । त्यस्तै, मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत राष्ट्र बैंकले बैंक दरलाई ७ दशमलब पाँच प्रतिशतबाट घटाएर सात प्रतिशतमा कायम गरेको थियो भने नीतिगत दरलाई ६ दशमलब पाँच प्रतिशतबाट घटाएर ५ दशमल पाँच प्रतिशतमा कायम गरेको थियो । त्यसैगरी निक्षेप सङ्कलन बोलकबोल दरलाई साढे ४ प्रतिशतबाट घटाएर ३ प्रतिशत कायम गरिएको थियो ।


179 Views

Comments