कांग्रेस, एमालेभन्दा फरक नयाँ विचारसहितको क्रान्तिकारी पार्टी निर्माण गर्छौं : दाहाल

#

Details


काठमाडौँ — अध्यक्ष पुष्पकमल दाहालले एक/डेढ वर्षमा नेकपा माओवादी केन्द्रलाई नयाँ विचारसहितको क्रान्तिकारी पार्टी निर्माण गर्ने बताएका छन् । बिहीबार जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै दाहालले विशेष महाधिवेशन गरेर एमाले र कांग्रेसभन्दा फरक पार्टी निर्माण गर्ने बताएका हुन् । 


'एक/डेढ वर्षमा विशेष महाधिवेशन गरेर नयाँ विचारसहितको क्रान्तिकारी पार्टी निर्माण हुन्छ,यो पार्टी कांग्रेस,एमाले जस्तो बुर्जुवा होइन,यो भिन्न छ, श्रम र उत्पादनसँग जोड्ने पार्टी बनाउने हो,' उनले भने । पार्टीलाई क्रान्तिकारी बनाउन सबैले असाधारण त्याग र योगदान गर्न आवश्यक रहेको पनि उनले बताए ।


त्यसैगरी पार्टीमा अन्तरघातमा भएकाले पनि धेरै ठाउँमा पराजित भएको उनको भनाइ छ । उनले भने, 'यो पार्टीलाई क्रान्तिकारी बनाउन असाधारण त्याग र योगदान जरुरी छ,हामी अरुभन्दा फरक हो भनेर सावित गर्न जरुरी छ,सिद्धान्तको कुरा गर्ने मात्र होइन हामी,हामी त विचारलाई व्यवहारमा लागू गर्छौं,हामीकहाँ कहीँ न कहीँ अन्तरघात भएर धेरै ठाउँमा पराजित भएका छौँ, यसको लेखाजोखा हुनुपर्छ,चुनावी दाउपेच पनि ख्याल गर्न पर्ने रैछ,कांग्रेस एमालेका इमानदारलाई लयाउनुपर्छ ।'






Photos


Videos


Comments