भुगोलपार्क अभिमत सर्वेक्षण: सपनाको साहस र सफलता, बेबारीसे शवको उचित व्यवस्थापन ।

नेपाली किशोरी सपना रोका मगर ब्रिटिश ब्रडकास्टिङ कर्पोरेशन (बीबीसी)को सन् २०२० को प्रभावशाली तथा प्रेरणादायी महिलाको सुचीमा परे पछि उनको चर्चा चुलिएको छ । बेबारीसे शवलाई दागबत्ति दिने र अन्यष्टि समेत गर्ने कर्ममा सक्रिय सपनाको काम र नामले दुनियाँलाई प्रेरणा त मिलेको छ तर, शव व्यवस्थापन जस्तो आधारभूत दायीत्वमा राज्य कहाँ छ भन्ने प्रश्न पनि खडा भएको छ ।