नागरिक उन्मुक्ति पार्टी
Polls




फोटोहरू

About Us

नागरिक उन्मुक्ति पार्टी नेपालको एक राजनीतिक दल हो। यो दलको मुख्य प्रभाव कैलाली जिल्लाको थारूहट क्षेत्रमा रहेको छ। रेशमलाल चौधरीको संयोजकत्वमा गठित यस पार्टीको अध्यक्ष रञ्जिता क्षेष्ठ हुन।यो पार्टीको स्थापना जनता समाजवादी पार्टी नेपालबाट टुक्रिएर मिति २०७८ पुस १९ गते भएको हो।यो पार्टीको चुनाव चिन्ह पिध भएको ढकिया रहेको छ।  मार्गनिर्देशक सिद्धान्त यस पार्टीको विचारधारा सामाजिक लोकतन्त्र र थारू अधिकार हो। नागरिक उन्मुक्ति पार्टीले ‘भौगोलिक, सांस्कृतिक पहिचानसहितको संघीयता’ आफ्नो राजनीतिक उद्देश्य रहेको उल्लेख गरेको छ । घोषणा पत्र हालको प्रदेशको नामकरणमा उसले असन्तुष्टि समेत व्यक्त गरेको छ । ‘केही प्रदेशको भूगोलमा पनि हाम्रो गम्भीर आपत्ति छ,’ घोषणा पत्रमा भनिएको छ, ‘राज्यको भूगोल नेताले होइन, जनताले व्यवस्थापन गर्नुपर्छ । देशको केही जिल्ला नेताको स्वार्थमा थपिएको छ र अझ केही जिल्ला जनव्यवस्थापनका लागि थपिनुपर्दछ’, भनिएको छ। नामकरणमा असहमति छ भनेको नागरिक उन्मुक्ति पार्टीले त्यसको स्पष्ट खाका दिन सकेको छैन । यद्यपि उसले संघीयता खारेज गर्ने कुरा उठिरहेको भन्दै पछाडि नफर्कन चेतावनी पनि दिएको छ । राज्यको शासकीय स्वरूपमा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री र राज्य धर्मनिरपेक्ष हुनुपर्नेमा नागरिक उन्मुक्ति पार्टीको जोड छ । ‘राज्य धर्मनिरपेक्ष हुनुपर्छ । सबै नेपालीको पौराणिक धार्मिक सभ्यताको संरक्षण र सम्वद्र्धनमा राज्यको सरोबरी भूमिका हुनुपर्छ,’ घोषण पत्रमा भनिएको छ ।