भेनेजुएला–अमेरिका तनावबारे बोल्यो नेपाल : संयम हुन र सार्वभौमिकताको सम्मान गर्न जोड

Bhugolpark

२३ पुष, २०८२,१२:११

काठमाडौं । नेपाल सरकारले अमेरिका–भेनेजुएला तनावबारे चासो व्यक्त गर्दै सबै पक्षलाई अधिकतम संयमता अपनाउन आग्रह गरेको छ ।

नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर तनाव थप चर्किन सक्ने कुनै पनि कदम नचाल्न आग्रह गरेको हो ।

अमेरिकी सेनाले भेनेजुएलाको राजधानी लगायतका शहरमा आक्रमण गरी त्यहाँका राष्ट्रपति दम्पत्तिलाई नियन्त्रणमा लिएर न्यूयोर्कको हिरासत राखेपछि दुई देशबीच तनाव बढेको छ । विभिन्न मुलुकहरुले यस घटनालाई लिएर चासो र चिन्ता व्यक्त गरिरहेका छन् ।

नेपालको परराष्ट्र मन्त्रालयले पनि बुधबार विज्ञप्ति जारी गरेर यस घटनाप्रति आधिकारिक धारणा सार्वजनिक गरेको हो । विज्ञप्तिमा संयुक्त राष्ट्रसंघको बडापत्रअनुसार राज्यहरूको सार्वभौमिकता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताको पूर्ण सम्मान आवश्यक रहेकोमा नेपालले जोड दिएको छ ।

नेपालले सबै किसिमका विवाद संवाद, कूटनीति र आपसी समझदारीमार्फत शान्तिपूर्ण रूपमा समाधान गरिनुपर्ने जनाएको छ ।


77 Views

Comments