परराष्ट्रमन्त्री नारायण खड्का उदयपुर-१ बाट निर्वाचित

Bhugolpark

१४ मंसिर, २०७९,०९:१४

परराष्ट्रमन्त्री समेत रहेका नेपाली कांग्रेसका नारायण खड्का उदयपुर क्षेत्र नम्बर १ बाट चौथो पटक सांसद निर्वाचित भएका छन्।

उनी ३१ हजार २७० मतसहित निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी मञ्जु चौधरीले २८ हजार ८९१ मत प्राप्त गरेकी छन्।

देशको अधिकांश क्षेत्रको मतपरिणाम आइसक्दा उदयपुर-१ मा भने विवाद भएर पटकपटक मतगणना रोकिँदा नतिजा आउन ढिलाइ भएको हो।निर्वाचित खड्का उदयपुर-१ बाट २०६४ को निर्वाचनयता लगातार विजयी बन्दै आएका छन्।

२०६४ सालमा तत्कालीन नेकपा माओवादीका राजन किरातीलाई पराजित गर्दै उनी पहिलो पटक निर्वाचित भएका थिए। उनै किराती यसपटक भने प्रदेश सभा सदस्यमा विजयी भएका छन्। 

त्यसैगरी २०७० र २०७४ को निर्वाचनमा खड्का नै निर्वाचित भएका थिए।यसअघिको निर्वाचनमा पनि उनले एमालेकी मञ्जु चौधरीलाई नै पराजित गरेका थिए।



167 Views

Comments