मधेसमा सरकार बनाउन जनमत पार्टी निर्णायक, माग्यो मुख्यमन्त्री

Bhugolpark

१३ मंसिर, २०७९,१०:०३

१०७ सदस्ययीय प्रदेश सभामा सरकार बनाउन कम्तीमा ५४ सिट चाहिन्छ। प्रदेशमा कुनै एक दल वा चुनावअघि गरिएको गठबन्धनले बुहमत ल्याउन सकेको छैन्।

मधेस प्रदेशका ६४ वटा प्रत्यक्ष सिटमध्ये सबैभन्दा धेरै नेकपा एमालेले १५, नेपाली कांग्रेसले १३, जनता समाजवादी पार्टी (जसपा) ले ९, जनमत पार्टीले ६, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ७, स्वतन्त्रले ६ र माओवादी केन्द्र एवं नेकपा (एकीकृत समाजवादी) ले ४/४ सिट ल्याएको छ।

समानुपातिकतर्फ भने कांग्रेसले ९, एमालेले , जनमतले ६, जसपाले ६, माओवादीले ८, एकीकृत समाजवादीले ६, लोसपाले २, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १, नागरिक उन्मुक्ति पार्टीले १ र संघीय समाजवादी पार्टीले एक सिट जित्ने पक्कापक्की छ। समानुपातिकतर्फको मतगणना जारी रहेकाले बाँकी तीन सिट कसले जित्ने एकिन छैन।

जनमत पार्टीलाई आफ्नो पक्षमा पार्न कांग्रेस र एमाले दुबैले कसरत गरिरहेका छन्।

सरकार निर्माणमा जनमत पार्टी निर्णायक रहेकाले उक्त पार्टीका नेताहरूसँग शुभकामना आदानप्रदान र सहकार्यको विषयमा छलफल चलिरहेको कांग्रेसका प्रदेश सभा सदस्य रामसरोज यादवले जानकारी दिए।

उनका अनुसार जनमतबाहेक संघीय सरकारमा गठबन्धन गरेका माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टीलाई मिलाएर सरकार बनाउने तयारी छ। यस विषयमा ठोस निर्णय भने भएको छैन।

जनमत पार्टीले प्रदेश सरकारमा सहभागी हुन मुख्यमन्त्री दाबी गरेको छ। जनमतका केन्द्रीय सदस्य विपी साहले एमाले वा कांग्रेसमध्ये जनमतको नेतृत्व स्वीकार गर्ने पार्टीसँग गठबन्धन गर्ने पार्टीको अडान रहेको बताए।

अरू सबै पार्टीले गठबन्धन गरेर चुनाव लडे। एक्लै लडेको जनमत पार्टीलाई प्रदेशका जनताले सबैभन्दा धेरै मत दिएको आधारमा हाम्रो पार्टी सबैभन्दा ठूलो हो,’ उनले भने, ‘हाम्रो पार्टीले सरकारको नृतत्व गर्छ। अन्य दलहरूसँग पनि कुराकानी भइरहेको छ। सरकार बनाउन हामी सबै पार्टीलाई आह्वान गर्छौं। हामी सबै दलसँग सहकार्यका लागि पहल गरिरहेका छौं।’


164 Views

Comments