झिनो मतान्तरले जिते भाग्यशाली सांसदहरू

Bhugolpark

१३ मंसिर, २०७९,०५:५१

नेकपा एमालेका केन्द्रीय सदस्य बसन्तकुमार नेम्बाङ पाँचथरबाट चौथोपटक सांसद बनेका छन्। अघिल्लो पटकको निर्वाचनमा १० हजार बढीको सानदार मतका साथ  संसद् प्रवेश गरेका नेम्बाङ यसपटक झिनो मतले विजयी बने। निकटतम प्रतिद्वन्द्वी कांग्रेसका केन्द्रीय सहमहामन्त्री भीष्मराज आङ्देम्बेलाई ४७ मतले पछि पार्दै नेम्बाङ निर्वाचित बनेका हुन्।  नेम्बाङले ३२ हजार १ सय १० मत प्राप्त गर्दा आङ्देम्बेले ३२ हजार ६३ मत पाएका हुन्। 

पाँच वर्ष अघिको निर्वाचनमा उनै नेम्बाङले आङ्देम्बेलाई १० हजार बढीको मतले पराजित गरेका थिए। त्यस बखत नेम्बाङ वामगठबन्धनको तर्फबाट उम्मेद्धार बनेका थिए। यसअघि उनी २०४८, २०५६ र २०७४ सालमा निर्वाचित भएका थिए।  २०१८ चैत ८ गते पाँचथर सदरमुकाम फिदिममा जन्मिएका उनी २०७६ सालदेखि करिब १८ महिना भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत भएका थिए। नेम्बाङ्लाई पार्टीभित्र एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्रका रूपमा लिने गरिन्छ। त्यसैगरी, एमालेका सचिव योगेश भट्टराईलाई यसपटकको निर्वाचन फलामको चिउरा चपाउनु जस्तै बन्यो। 
२०७४ सालको निर्वाचनमा १२ हजार बढी मतले कांग्रेसका केशवप्रसाद दाहाललाई पराजित गरेका उनले यसपटक झिनो मतान्तरले जित हासिल गरेका हुन्। सत्ताा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओबादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई मात्रै २०९ मतको अन्तरमा उनले पराजित गरे।  मतदान सम्पन्न भएको करिब ४८ घन्टा पछि सुरु भएको मतगणनामा सुरुआतदेखि भट्टराईले कुनै स्थानमा अग्रता लिएका थिएनन्। अन्तिममा फुङ्िलङ नगरपालिकाको मत गणना गर्दा मात्र २०८ मतको अन्तरले जित हात पारेका हुन्। योगेशले २१ हजार ९४३ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी खेलप्रसादले  २१ हजार ७३५ मत प्राप्त गरेका थिए।

केपी शर्मा ओलीका विश्वास पात्रका रूपमा लिने गरिन्छ। त्यसैगरी, एमालेका सचिव योगेश भट्टराईलाई यसपटकको निर्वाचन फलामको चिउरा चपाउनु जस्तै बन्यो। 
२०७४ सालको निर्वाचनमा १२ हजार बढी मतले कांग्रेसका केशवप्रसाद दाहाललाई पराजित गरेका उनले यसपटक झिनो मतान्तरले जित हासिल गरेका हुन्। सत्ताा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओबादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई मात्रै २०९ मतको अन्तरमा उनले पराजित गरे।  

मतदान सम्पन्न भएको करिब ४८ घन्टा पछि सुरु भएको मतगणनामा सुरुआतदेखि भट्टराईले कुनै स्थानमा अग्रता लिएका थिएनन्। अन्तिममा फुङ्िलङ नगरपालिकाको मत गणना गर्दा मात्र २०८ मतको अन्तरले जित हात पारेका हुन्। योगेशले २१ हजार ९४३ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी खेलप्रसादले  २१ हजार ७३५ मत प्राप्त गरेका थिए।

जोगियो नेम्बाङको विरासत

इलाम क्षेत्र नम्बर २ मा एमालेका उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले झिनो मतान्तरले आफ्नो विरासत जोगाएका छन्। कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्कासँगको चर्को प्रतिस्प्रर्धाबीच उनी विजयी भएका हुन्।नेम्बाङले  खड्कालाई ११४ मतले पछि पार्दै आफ्नो विजय यात्रालाई निरन्तरता दिएका हुन् । नेम्बाङले ३० हजार २० मत प्राप्त गरेका छन् भने खड्काले २९ हजार ९०६ मत  प्राप्त गरेका छन्। विजयी भएपछि नेम्वाङले देश, एमाले र केपी ओलीविरुद्ध  गरिएको घेराबन्दी तोडिएको बताए। खड्काले भने मतगणनामा धाँधली भएको आरोप लगाएका छन्। 

पर्सामा गुप्ताले जोगाए एमालेको बीउ

पर्सा क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यमा एमालेका राजकुमार गुप्ता निकटतम प्रतिस्पर्धी उम्मेदवारभन्दा निकै झिनो मतान्तरले विजयी हुँदै जिल्लामा एमालेको बीउ जोगाएका छन्। एमाले–जसपा गठबन्धनका समेत उम्मेदवार रहेका गुप्ता पाँच दलीय गठबन्धनबाट कांग्रेसका उम्मेदवार सुरेन्द्रप्रसाद चौधरीभन्दा १५१ मत मात्रै बढी पाएर विजयी भएका हुन्। मतगणना सुरु भएदेखि नै कांग्रेसका चौधरी र एमालेका गुप्ताबीच निकै प्रतिस्पर्धा देखिएकोमा अन्तत १५१ मतान्तरले मात्रै गुप्ताले बाजी मारेका हुन्। 

गुप्ता २४ हजार २६० .मतका साथ विजयी हुँदा चौधरीले भने २४ हजार १०९ मत पाए। तेस्रो स्थानमा रहेका नेपाल सुशासन पार्टीका राजकुमार यादवले भने १० हजार ४२ .मत पाए। पर्सामा एमालेको एक मात्र जित दिलाउन सफल गुप्ता पार्टीका केन्द्रीय सदस्य पनि हुन्। पर्सामा चार प्रतिनिधिसभा क्षेत्र मध्ये दुई र आठ प्रदेशसभा क्षेत्रमध्ये चार गरी एमालेका ६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए। एमालेका ती ६ उम्मेदवारमध्ये गुप्ता मात्रै विजयी भएका हुन्। एमाले जिल्ला अध्यक्ष जयप्रकाश थारूसहित अन्य पाँचै जना पराजित भएका छन्। 

२०७४ को निर्वाचनमा पनि पर्सा ३ बाटै गुप्ता र चौधरी चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए। तर, उत्ता चुनावमा तत्कालीन संघीय समाजवादी फोरम नेपाल (हालको जसपा) बाट हरिनारायण रौनियार १५ हजार १६८ मतका साथ विजयी भएका थिए।

दोस्रो स्थानमा रहेका कांग्रेसका चौधरीले १३ हजार ८०१ मत पाएका थिए भने गुप्ता १० हजार ९८६ मतका साथ तेस्रो स्थानमा सीमित भएका थिए। २०७० को निर्वाचनमा भने एमालेका गुप्ता पर्सा क्षेत्र ३ बाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। उनले कांग्रेसका उम्मेदवार अजय चौरसियालाई पराजित गरेका थिए। 

त्यसैगरी, लुम्बिनी प्रदेशमा दुई नेताले झिनो मतान्तरले हार व्यहोरेका छन्। एमाले महासचिव शंकर पोखरेल र माओवादी केन्द्रका सुरेश पन्थले झिनो मतान्तरबाट पराजित भएका हुन्। पोख्रेल दाङमा निर्वाचन लडे। प्रतिनिधिसभा दाङ क्षेत्र नम्बर २ मा गठबन्धनका उम्मेदवार रेखा शर्मा उनको प्रतिस्पर्धी बनिन्। लो प्रोफाइलकी रेखासँग चुनाव लड्दै गर्दा शंकर चुनाव जित्नेमा ढुक्क जस्तै थिए। तर, उनी माओवादी केन्द्रका केन्द्रीय सदस्य शर्मासँग पराजित भए।शर्माले २६ हजार ८ सय ७७ मत प्राप्त गरेर जित हासिल गरेकी छन्।  शर्मा र पोखरेलबीचको मतान्तर १९६ मात्रै छ। पराजित पोखरेलले २६ हजार ६ सय ८१ मत प्राप्त गरे। १ लाख ३३ हजार ७४८ मतदाता रहेको दाङ क्षेत्र नम्बर २ मा ७९ हजार ४४६ मत खसेको थियो। शर्माको संसदीय यात्रा भने २०७० बाट सुरु भएको हो। उनी २०७० र २०७४ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीबाट निर्वाचित भएकी थिइन्।

२०७२ साल कात्तिकदेखि २०७३ कात्तिकसम्म सामान्य प्रशासनमन्त्रीको जिम्मेवारीमा रहेर काम गरेकी शर्माले कानुन निर्माणलगायत संसदीय गतिविधिमा सक्षम, सक्रिय र सफल सांसदको रुपमा पहिचान बनाएकी छन्। पोख्रेलले प्रतिनिधिसभामा दाङमा २०५१ पछि प्रत्यक्ष निर्वाचनमा जित्न सकेका छैनन्। २०७४ सालको निर्वाचनमा माओवादीसँगको सहकार्यमा प्रदेशसभा सदस्यमा निर्वाचित भएर लुम्बिनी प्रदेशको संस्थापक मुख्यमन्त्रीसमेत बनेका थिए। २०७० सालको निर्वाचनका दाङ क्षेत्र नं ४ बाट कांग्रेसका बुद्धिराम भण्डारीसँग पराजित भएका थिए।

स्वतन्त्रले १३६ मतले हराए

प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा बर्दियाबाट दुई जना उम्मेदवारहरू कम मतान्तरमा निर्वाचित भएका छन्। प्रतिनिधिसभातर्फ क्षेत्र २ मा लालवीर चौधरी र प्रदेशसभातर्फ क्षेत्र १ (१) मा भुवनेश्वर चौधरी कम मतान्तरले विजयी भएका हुन्।बर्दिया २ बाट स्वतन्त्र उम्मेदवार लालवीर १३६ मतान्तरले वामलोकतान्त्रिक गठबन्धनबाट माओवादी केन्द्रका सुरेश पन्थलाई पराजित गरे। पन्थको २६ हजार ३८४ र चौधरीको २६ हजार ५२० मत छ। त्यस्तै, प्रदेशसभा सदस्य बर्दिया क्षेत्र १ (१) मा कांग्रेसका भुवनेश्वर चौधरी ११९ मतान्तरले निर्वाचित भएका छन्। एमालेका शालिकराम अधिकारीले १६ हजार ९०७ र चौधरीले १७ हजार २६ मत प्राप्त गरेका छन्। 

जसले भत्काए एमालेको गढ 

प्रतिनिधिसभा निर्वाचन क्षेत्र दैलेख २ मा कांग्रेसका दिक्पालकुमार शाही निर्वाचित भए। शाहीको एमालेका लक्ष्मीप्रसाद पोखरेलसँग प्रतिस्पर्धा थियो। शाहीले पोखरेललाई १५३ मतान्तरले पराजित गरेका हुन्। कांग्रेसका शाहीले २० हजार १५८ मत पाउँदा एमाले पोलिटब्यूरो सदस्यसमेत रहेका पोखरेल २० हजार पाँच मतमा सीमित भए।

उनको जितसँगै दैलेख २ मा एमालेको २३ वर्षे लामो गढ ढलेको छ। निर्माण व्यवसायमा संलग्न भएका शाही सक्रिय राजनीतिमा गुमनाम जस्तै थिए। उनै गुमनाम नेताले यसपटक एमालेको गढ भत्काउन सफल भएका छन्। २०५६ मा भएको आमनिर्वाचनमा यस क्षेत्रमा कांग्रेसका शिवराज जोशीले जितेका थिए। उनी राज्यमन्त्रीसमेत बने। यस क्षेत्रमा त्यसयताका सबै संसदीय निर्वाचनमा कांग्रेसले हार व्यहोरेको थियो।

विस्तृत शान्ति सम्झौतापछि पहिलोपटक २०६४ मा भएको संविधानसभा निर्वाचनमा कांग्रेसका हिमबहादुर शाही एमालेका राजबहादुर बुढासँग पराजित भएका थिए। २०७० को दोस्रो संविधानसभा सदस्य निर्वाचनमा उनै शाही एमालेका लक्ष्मीप्रसाद पोखरेलसँग पराजित भए।  संविधान जारी भएपछि पहिलोपटक २०७४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा यस क्षेत्रमा एमालेका राजबहादुर बुढा निर्वाचित भएका थिए। बुढाले २०५६ मा निर्वाचन जितेका कांग्रेसका शिवराज जोशीलाई पराजित गरेका थिए।

पहिलोपटक सांसद निर्वाचित दिक्पालकुमार कांग्रेस दैलेखका पुराना नेतामा गनिन्छन्। उनी २०४९ मा जिविस सदस्य निर्वाचित भएका थिए। २०७४ को निर्वाचनमा दैलेख २ (ख) बाट कर्णाली प्रदेशसभाको टिकट पाएका शाही एमालेका राजबहादुर शाहीसँग पराजित भएका थिए। तत्कालीन वामगठबन्धनका कारण प्रदेशसभामा हार व्यहोरेका शाहीले यसपटक एमालेको गढ भत्काउन सफल भएका हुन्। एमाले विभाजन भएको र कांग्रेसलाई माओवादी केन्द्र र एकीकृत समाजवादीको साथले शाहीलाई निर्वाचन जित्न सहज भयो। उनी निर्माण व्यवसायीको रूपमा परिचित छन्। 

त्यसैगरी, काठमाडौं क्षेत्र नम्बर १ बाट कांग्रेस नेता प्रकाशमान सिंह झिनो मतले जितेका छन्। उनले निकटम प्रतिद्वन्द्वी राप्रपाका नेता रविन्द्र मि श्रलाई पराजित गरेका हुन्। सिंहको ७० हजार १४३ मत ल्याएका छन् भने मिश्रले ७० हजार १८ मत ल्याएका थिए। त्यस्तै, भक्तपुर २ बाट कांग्रेस नेता  दुर्लभ थापाले महेश बस्नेतलाई झिनो मतले पराजित गरेका छन् । थापाले २४ हजार २३१ मत ल्याउँदा बस्नेतले २३ हजार २८२ मत ल्याएका छन् ।   


110 Views

Comments