अब ९ क्षेत्रको नतिजा आउन बाँकी, कहाँ कसको अग्रता

Bhugolpark

१० बैशाख, २०८१,०९:५४

मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणाम आउनेक्रम अझै जारी छ। आइतबार बिहान साढे ९ बजेसम्म १६५ क्षेत्रमध्ये १५६ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ।

जसमा नेपाली कांग्रेसले सबैभन्दा बढी ५३ स्थानमा जित निकालेको छ भने नेकपा एमालेले ४१ स्थानमा जित हात पारेको छ।माओवादी केन्द्रले १७ स्थान र नेकपा एकीकृत समाजवादीले १० स्थान जितेको छ।राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थान, राष्ट्रिय प्रजातन्त्र पार्टीले , जनता समाजवादी पार्टीले ६ स्थानमा जित निकाल्दा लोकतान्त्रिक समाजवादी पार्टीले ४ स्थान जितेका छन्। नागरिक उन्मुक्ति पार्टीले ३ स्थानमा जित निकालेको छ।नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले १-१ सिट हासिल गरेका छन् भने स्वतन्त्र ५ सिटमा विजयी भएका छन्।

बाँकी रहेका ९ क्षेत्रमध्ये दोलखा, स्याङ्जा २ र बाजुराको मत भने गणना हुन बाँकी छ।

६ क्षेत्रको मतगणना जारी छ। जसमा नेपाली कांग्रेसले ३ ठाउँमा अग्रता लिएको छ भने एमालेले २ र राष्ट्रिय स्वतन्त्र पार्टीले १ स्थानमा अग्रता लिएको छ।

हेर्नुहोस् कहाँ कसको अग्रता

इलाम १

महेश बस्नेत (नेकपा एमाले)- २०३८५

झलनाथ खनाल (एकीकृत समाजवादी) -१८२०५

सुनसरी १

गोमा तामाङ (राष्ट्रिय स्वतन्त्र पार्टी) – १३११७

अशोककुमार राई (जनता समाजवादी पार्टी) – १२७०७

मुक्सामहाङ सुब्बा (माओवादी केन्द्र) - १०११६

सुनसरी ३

भगवती चौधरी (नेकपा एमाले) – १६००५

विजयकुमार गच्छदार (नेपाली कांग्रेस) – ११६९५

कमल बाबु मैनाली (राष्ट्रिय स्वतन्त्र पार्टी) - ५२८६

सुनसरी ४

ज्ञानेन्द्र बहादुर कार्की (नेपाली कांग्रेस) – २३४३९

जगदिश प्रसाद कुसियैत (नेकपा एमाले) – २३३४१

जिवन कुमार श्रेष्ठ (राष्ट्रिय स्वतन्त्र पार्टी) -२८५२

उदयपुर १

नारायण खड्का (नेपाली कांग्रेस) – २१८३३

मञ्जु चौधरी (नेकपा एमाले) - २०१२०

धनुषा ४

महेन्द्र यादव (नेपाली कांग्रेस) – २१२२४

रघुबीर महासेठ (नेकपा एमाले) – २०२०३

महाजन यादव (जनता समाजवादी पार्टी) -४६०८


82 Views

Comments