गिरिजाप्रसादको विरासत जोगाउन सकिनन् सुजाताले , ऋषिकेशसँग पराजित

Bhugolpark

६ बैशाख, २०८१,०६:४५

विराटनगर : मोरङ क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का उम्मेदवार ऋषिकेश पोखरेल प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। नेपाली कांग्रेसकी सुजाता कोइरालाभन्दा १ हजार २०८ मत बढी ल्याएर उनी विजयी भएका हुन् ।

मतगणनाको अन्तिम परिणामअनुसार एमालेका पोखरेलले ३३ हजार १४८ मत प्राप्त गरेका छन् भने कोइरालाले ३१ हजार ९४० मत ल्याएकी छन्।सुजाताका पिता पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला त्यही क्षेत्रबाट लगातार तीन पटक निर्वाचित भएका थिए। अघिल्लो निर्वाचनमा कांग्रेसका मिनेन्द्र रिजाल उक्त क्षेत्रबाट विजयी बनेका थिए ।

विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका पोखरेल २०७० को संविधानसभा निर्वाचनमा सभासद निर्वाचित भएका थिए। त्यसबेला उनले नेपाली कांग्रेसका आमोदप्रसाद उपाध्यायलाई चुनाव हराएका थिए। २०७४ को प्रतिनिधिसभा सदस्यमा भने कांग्रेसका रिजालसँग पराजित भएका थिए। पोखरेलले अनेरास्ववियुको सचिवालय सदस्यको जिम्मेवारीसमेत पाएका थिए।

२०४७ मा एमालेको जिल्ला कमिटी सदस्यबाट पार्टी राजनीति सुरु गरेका उनी अहिले दोस्रो कार्यकालमा पार्टीको जिल्ला अध्यक्ष छन्।


97 Views

Comments