मधेसमा फेरिँदो राजनीतिक दृश्य

Bhugolpark

८ बैशाख, २०८१,०६:०५

 जनकपुरधाम : प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतपरिणामले मधेस प्रदेशमा राजनीतिक अवस्थामा परिवर्तन आएको देखाएको छ। यसअघि भएका निर्वाचनमा एउटै पार्टी र व्यक्तिमा केन्द्रित रहने जनमत यसपटक भने परिवर्तन भएको छ। मधेसवादको नारालाई अगाडि बढाएर पछिल्लो निर्वाचनसम्म यहाँ बहुमत ल्याउन सफल मधेस केन्द्रित दलहरू यस निर्वाचनमा सानो आकारमा पुगेका छन्। गत निर्वाचनमा तेस्रो दलको हैसियतमा रहेको नेकपा एमाले मधेसको प्रदेशसभामा पहिलो दल बन्न सफल भएको छ।

संघीय संसद्का ३२ सिटमध्ये २० नयाँ अनुहारले जितेका छन्। प्रदेशसभाका ६४ प्रत्यक्ष सिटमध्ये ३६ नयाँ सांसद्ले जित निकालेका छन्। जम्मा दुई संघीय निर्वाचन क्षेत्रको नतिजा बाँकी रहँदा, अग्रता र विजेताको मतपरिणामअनुसार नेकपा एमालेले गत निर्वाचनभन्दा राम्रो मत संकलन गरेको देखिन्छ। गत निर्वाचनमा जम्मा दुई सिट जितेको एमालेले यसपटक संघीय संसद्मा मधेसबाट सात सिटमा जित प्राप्त गरेका छन् ।

संघीय संसद्का ३२ सिटमध्ये २० नयाँ अनुहारले जितेका छन्। प्रदेशसभाका ६४ प्रत्यक्ष सिटमध्ये ३६ नयाँ सांसद्ले जित निकालेका छन्। जम्मा दुई संघीय निर्वाचन क्षेत्रको नतिजा बाँकी रहँदा, अग्रता र विजेताको मतपरिणामअनुसार नेकपा एमालेले गत निर्वाचनभन्दा राम्रो मत संकलन गरेको देखिन्छ। गत निर्वाचनमा जम्मा दुई सिट जितेको एमालेले यसपटक संघीय संसद्मा मधेसबाट सात सिटमा जित प्राप्त गरेका छन्।

संघीय संसद्तर्फ प्रदेशमा जोडघटाउ गर्दा नेपाली कांग्रेस सात क्षेत्रमा जित्दै मजबुद बनेको छ। यसअघि कांग्रेसले मधेसबाट ६ सिट मात्रै जितेको थियो। त्यसैगरी, जनता समाजवादी पार्टी यस निर्वाचनमा ६ सिटमा सीमित भएको छ। जबकी गत निर्वाचनमा जसपाले १० सिट जित्न सफल भएको थियो। गत निर्वाचनमा ९ सिट हात पारेको लोकतान्त्रिक समाजवादी पार्टीले यसपटक ३ सिटमा चित्त बुझाउन परेको छ। नेकपा माओवादीले १ सिट पाएको छ । जबकी गत निर्वाचनमा माओवादीले मधेसमा ५ सिट जितेको थियो।

यता नेकपा एकीकृत समाजवादीले २, जनमत पार्टीले १ र स्वतन्त्रबाट ३ जनाले जित हासिल गरेका छन्। प्रदेशबाट माओवादी, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीले अघिल्लो निर्वाचनको तुलनामा आधि सिटमात्र जित्न सफल भएका हुन्। स्वतन्त्रबाट सर्लाही ४ मा जितेका अमरेश सिंह नेपाली कांग्रेसका बागी उम्मेवार छन् भने रौतहट ३ बाट प्रभु साह र रौतहट २ बाट किरण साहलाई सता गठबन्धनका केही दलहरूले खुलेरै सहयोग गरेकाले जित प्राप्त भएको छ।

प्रदेशमा सरकार बनाउन जनमत पार्टी निर्णायक

मधेस प्रदेशमा सरकार गठन गर्न जनमत पार्टीको निर्णायक भूमिका रहने भएको छ। प्रदेशमा युवाहरूमाझ विशेष लोकप्रिय हुन सफल डा. सिके राउत नेतृत्वको जनमत पार्टीले गाउँगाउँमा संगठन विस्तार गर्दै गएको छ। जसको परिणाम निर्वाचनको मतले देखाउँछ। जनमत प्रतिको रुझानले पनि मधेसवादी दलहरूलाई ठूलो धक्का लागेको छ। 

प्रदेशसभाको ६४ प्रत्यक्ष सिटमध्ये ६ सिटमा विजयी भएका जनमत पार्टीले अझ बढी सिट थप्ने सम्भावना छ। सत्ता गठबन्धन वा एमाले, जसपामध्ये कुनै पनि गठबन्धनले स्पष्ट बहुमत प्राप्त गर्न नसकेका कारण मधेस प्रदेशको सरकार गठन सहज देखिँदैन। प्रदेशसभामा शुक्रबारसम्मको नतिजा तथा अग्रसरताका आधारमा नेकपा एमाले १३ सिटसहित ठूलो दल र कांग्रेस १३ सिट प्राप्त गरेर दोस्रो ठूलो दल हुने देखिन्छ। त्यसैगरी, प्रदेशसभातर्फ अघिल्लो निर्वाचनमा सबैभन्दा ठूलो दल रहेका जसपा प्रत्यक्षतर्फ मात्र ९ सिट र लोसपाले ७ सिट जित हासिल गरेका छन्। 

नेकपा माओवादीले र नेकपा एकीकृत समाजवादीले जम्मा ४÷४ स्थानमा विजय प्राप्त गरेका छन् भने ६ वटा सिटमा स्वतन्त्र सांसद्ले जितेका छन्। प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिई जितेका सबै सांसद कुनै न कुनै राजनीतिक पार्टीका बागी उम्मेदवार रहेकाले दलहरूले उनीहरूलाई पुनः पार्टी प्रवेश गराउने सम्भावना छ। 

मधेसवादी दलहरूले आफ्नो एजेन्डा बिर्सेर पहिला विरोध गरेकै पार्टीहरूसँग राजनीतिक गठबन्धन गरेपछि उनीहरूलाई जनताले पत्याउन सकेनन् र सिके राउत नेतृत्वको जनमत पार्टी विकल्पका रूपमा जनताको रोजाइमा परेको हो,’ युवा अभियानी अरुण झा भन्छन्, ‘जनमत पार्टीले पछिल्लो समय किसानको दुःख पीडा, मलको अभाव र जनतालाई प्रत्यक्ष सरोकार राख्ने विषयहरूमा बोलेर गाउँघरमा आफूलाई चर्चित बनायो। प्रदेश सरकारका गलत क्रियाकलापहरूको खुलेर विरोध गर्‍यो जसले गर्दा यस पार्टीलाई जनताले एउटा अवसर दिउँ भन्दै अवसर दिएका हुन्।’

३ पार्टी अध्यक्षको जित र २ को हारमधेस प्रदेशको संघीय संसद्का लागि चारवटा पार्टीका राष्ट्रिय अध्यक्षले उम्मेवारी दिएका थिए। जसमध्ये नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल रौतहट २ बाट निर्वाचित भए। त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुर महोत्तरी ३ बाट निर्वाचित भए। उनको निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेका तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष वृखेशचन्द्रलाल चुनाव हारेका हुन्।

प्रदेशको सबैभन्दा रोचक प्रतिस्पर्धा सप्तरी निर्वाचन क्षेत्र २ मा भएको थियो। यहाँ जनमत पार्टीका अध्यक्ष सीके राउतले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई दोबरभन्दा बढी मतान्तरले हराए। मधेसमै मधेसका अगुवा नेताहरू हार्नुलाई परिवर्तनको ठूलो संकेतका रूपमा राष्ट्रिय योजना आयोगका सदस्य डा. सुरेन्द्र लाभ लिन्छन्। 

मधेसवादी दलका शीर्ष नेताहरूले मधेसमा नराम्रो परिणाम भोग्नु परेको कारण उहाँहरू आफैं हो,’ लाभ भन्छन्, ‘जनतालाई सधैं पुरानै मुद्दाहरूमा उल्झाएर राख्ने र आर्थिक वा सामाजिक विकासतर्फ कसरी अगाडि बढ्ने त्यो कुनै पनि आधार दिन नसक्नु उहाँहरूको हारको पहिलो कारण बनेको हो। दोस्रो कुरा जनताले अब आन्दोलन वा विरोधभन्दा पनि समृद्धि र आर्थिक विकास चाहेको छ जसतर्फ यी नेताहरूको ध्यान छैन। तसर्थ उहाँहरूलाई जिताएर सधैं सत्तामा पुर्‍याउने भर्याङ्ग जनता बनेन र यसपालि मधेसबाट नयाँ उम्मेदवारहरूलाई जिताएर नयाँ सन्देश दिन खोजिएको छ।’ 


187 Views

Comments