मनकामना केबलकार २५ वर्षमा प्रवेश

Bhugolpark

६ बैशाख, २०८१,०९:१४

काठमाडौं । मनकामना दर्शन प्रालिले सञ्चालनमा ल्याएको मनकामना केबलकार २५ औं वर्षमा प्रवेश गरेको छ ।

२०५५ साल मंसिर ८ गतेदेखि सञ्चालनमा आएको केबलकारले हालसम्म १ करोड ७० लाख यात्रुलाई सेवा दिइसकेको जानकारी कम्पनीले दिएको छ ।

केबलकार सञ्चालनमा आएसँगै यस क्षेत्र प्रमुख पर्यटकीय गन्तव्य क्षेत्र बन्ने पुगेको कम्पनीनको भनाइ छ । केबलकारको सञ्चालनसँगै यस क्षेत्रको विकास हुनुका साथै विश्व सामु मनाकामनाको ख्याति प्रचार प्रसार भएको कम्पनीनको भनाइ छ ।कम्पनीका अनुसार विश्व प्रख्यात अष्ट्रियाको डोपेलमेयर कम्पनीको प्रविधिबाट सञ्चालित यस केबलकारबाट विश्वस्तरीय सेवा प्रदान गरिंदै आएका कम्पनीको दावी छ ।

कम्पनीले केबुलकारका संस्थापक स्व। लक्ष्मण बाबु श्रेष्ठको सम्झनामा लामो समय देखि चितवनको ईच्छाकामना गाउँपालिका र गोरखाको शहिद लखन गाउँपालिकामा प्रत्येकलाई कूल आम्दानीको ११ प्रतिशत रकम शिक्षा, स्वास्थ्य, धार्मिक, मठ, मन्दिरको जिर्णोद्वार लगायत विकास निर्माणका कार्य आदिमा सहयोग गर्दै आएको छ ।

हाल रहेको एनालग सिस्टमलाई कम्पनीले पहिलो चरणमा डिजिटल प्रविधिमा स्तरोन्नति गरिसकेको र २५ औं वार्षिक उत्सवको अवसरमा पूर्ण रुपले डिजिटल प्रणालीमा रुपान्तरण गरी देशकै पहिलो डिजिटल केबुलकार हुने जनाएको छ ।


99 Views

Comments