ठूलो बन्न कांग्रेस–एमालेबीच प्रतिस्पर्धा

Bhugolpark

६ बैशाख, २०८१,०१:२६

माओवादीसहित पाँच दलीय गठबन्धन बनाएर निर्वाचनमा होमिएको कांग्रेस बुधबार रातिसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फको नतिजा र समानुपातिकतर्फको मतको ‘ट्रेन्ड’ हेर्दा एमालेभन्दा केही सिटले अघि हुने सम्भावना छ

काठमाडौँ — यस पटक पनि कांग्रेस र एमालेबीच को पहिलो दल हुने भन्ने मुख्य प्रतिस्पर्धा देखिएको छ ०७४ को निर्वाचनमा वाम गठबन्धन हुँदा पहिलो दल बनेको एमालेले यो आमनिर्वाचनमा त्यही स्थान कायम गर्ने निश्चित भइसकेको छैन

माओवादीसहित पाँच दलीय गठबन्धन बनाएर निर्वाचनमा होमिएको कांग्रेस बुधबार रातिसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फको नतिजा र समानुपातिकतर्फको मतकोट्रेन्ड’ हेर्दा एमालेभन्दा केही सिटले अघि हुने सम्भावना छ समानुपातिकमा कांग्रेसलाई धेरै मतले पछि पारे एमाले पहिलो हुने सम्भावना पनि देखिन्छ प्रतिनिधिसभामा समानुपातिकको बुधबार रातिसम्म करिब ११ प्रतिशत मतगणना भएको छ मुख्यगरी प्रत्यक्षका सबै समानुपातिकमा गणना गर्न बाँकी ८९ प्रतिशत मतले कांग्रेस र एमालेमध्ये को पहिलो हुने स्पष्ट गर्नेछ

कांग्रेसले २२ सिटमा जित निकालेको छ भने ३६ मा अग्रता लिएको छ अग्रता लिएका सबै सिट जित्न सक्दा कांग्रेसले प्रत्यक्षतर्फ ५८ सिट पाउने देखिन्छ समानुपातिकतर्फको ११ प्रतिशत मतगणना हुँदा एमाले अघिअघि कांग्रेस पछिपछि छन् बुधबार १० बजेसम्मको गणनाअनुसार एमालेले २८, कांग्रेसले २६, राष्ट्रिय स्वतन्त्र पार्टीले १४ र माओवादी केन्द्रले १३ प्रतिशत मत पाएका छन एमाले कांग्रेसबीच समानुपातिकमा मतान्तर फराकिलो बनेमा एमाले पहिलो दल बन्ने सम्भावना रहन्छ एमालेले बुधबार रातिसम्म प्रत्यक्षतर्फ ७ सिट जितेको छ भने ३७ सिटमा अग्रता लिएको छ अग्रता लिएका सबै सिट जित्दा कांग्रेससँग १२–१३ सिटको अन्तर हुन्छ प्रत्यक्षतर्फको अन्तरलाई समानुपातिकले कभर गर्न सक्दा मात्रै एमाले ठूलो दल बन्न सक्छ, जुन सम्भावना कमजोर देखिन्छ

कांग्रेस नेतृत्वको सत्ता गठबन्धनले निर्वाचनबाट बहुमत ल्याउने सम्भावना अझै टरेको छैन माओवादी एकीकृत समाजवादीले अपेक्षाकृत नतिजा पाएका छैनन् कांग्रेसको मत ट्रान्सफरमा समस्या देखिएको निष्कर्षमा रहेका माओवादी र एसका नेताहरूले प्रत्यक्षतर्फको नतिजा पूरा नआउँदासम्म औपचारिक प्रतिक्रिया दिन मानेका छैनन् माओवादी एकीकृत समाजवादी गठबन्धनमा रहने वा नरहने भन्ने विषयले सत्ता गठबन्धनको भविष्य र सरकार निर्माणको रेखा कोरिनेछ

कांग्रेस, माओवादी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चासमेतको गठबन्धनले बहुमत ल्याउने दाबी कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको छ उनले नतिजा प्रारम्भिक अवस्थामै रहेकाले सरकारको समीकरण र नयाँ दलसँगको गठजोडको विषयमा अहिल्यै बोल्नु परिपक्व नहुने बताए शर्मा तेस्रो पटकको प्रयासमा संसद्मा आउन सफल भएका छन् ०७० ०७४ को निर्वाचनमा पराजित उनले यस पटक फराकिलो मतान्तरसहित जितेका छन् उनको जितमा पार्टीको सांगठिनकभन्दा व्यक्तिगत प्रभाव र परिवर्तनको मुद्दा कारण बनेका छन्


88 Views

Comments