आन्तरिक राजस्व विभागले मनकामना केबलकारलाई सम्मान

Bhugolpark

१२ बैशाख, २०८१,०७:०१

गोर्खाको मनकामना मन्दिरको दर्शन गर्नजानको लागि केबलकार बन्नुभन्दा पहिले खैरेनीबाट झोलुङ्गे पुल तरेर घन्टौं पट्टेरलाग्दो उक्कालो चढेर जानु पर्थो । झन बुढाबुढी र बालबालिका मनकामना मन्दिरको दर्शन गर्नजानको लागि कित भरियाको सहयोग लिनु पर्थ्यो कित आफन्तको ।

उक्तकुरालाई मध्येनजर गरेर नै विगतमा केबलकारको संचालन भएको थियो ।लाखौ श्रद्धालु भक्तजन र पर्यटकहरूलाई सेवाप्रदान गर्न सफल  मनकामना केबलकारलाई सम्मान गरेको छ ।

आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७७/७८ मा पर्यटन उद्योग विधामा सबैभन्दा बढी कर तिर्ने मनकामना केबलकारलाई सम्मान गरेको छ । कम्पनीको तर्फबाट निर्देशक राजेशबाबु श्रेष्ठले अर्थ मन्त्रालयका सचिवबाट अभिनन्दन ग्रहण गरे । देशको अर्थतन्त्रमा योगदान दिन पाउँदा हामी सधैं गर्व गर्छौं।


438 Views

Comments