अर्जेन्टिनामाथि साउदीको सनसनी

Bhugolpark

७ बैशाख, २०८१,०६:२५

लियोनल मेसीको पेनाल्टी गोलमा अग्रता लिएको अर्जेन्टिना पहिलो खेलमै साउदी अरेबियासँग २–१ ले पराजित

मंसिर ६,

दोहास्टार खेलाडी लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना र खाडी मुलुक साउदी अरेबियाको खेल स्थानीय समयअनुसार दिउँसो १ बजे सुरु हुने तोकिएको थियो तर, कतारका मेट्रो, सार्वजनिक बस र सडकमा सेतो र आकासे नीलो रङको जर्सी लगाएका समर्थकले भरिएको थियो उनीहरूको खुबै चहलपहल थियो अर्जेन्टनी फुटबलमा गाउने गीत गाइरहेका थिए नाचिरहेका देखिन्थे उनीहरूले लुसेल रंगशालामा घण्टौंदेखि नै आफ्नो टिमको समर्थनमा हुटिङ र नाचगान गरिरहेका थिएअर्जेन्टिनाविरुद्ध सलेह अल सेहरीले पहिलो गोल गरेपछि साउदी अरेबियाका खेलाडी

दोहाको माहोल हेर्दा लाग्थ्यो कि अर्जेन्टिनाले साउदी अरेबियालाई सजिलै हराउँछ त्यो पनि राम्रै गोलअन्तरले विश्वकै उत्कृष्ट फुटबल खेलाडीको अवार्ड बालोन डी’अर सातपल्ट जितेका मेसीले दोस्रो मिनेटमै प्रहार गरेको बलमा गोलकिपर मोहम्मद अवाइसले उत्कृष्ट बचाउ गर्दै साउदीको संकट टारेका थिए तर, दसौं मिनेटमै मेसीले पेनाल्टीमा गोल गरेपछि अर्जेन्टिनाले अग्रता लियो त्यसैले पनि एसियामा शक्तिशाली भए पनि विश्वकपमा फितलो प्रदर्शन गर्दै आएको साउदीमाथि दुईपल्टको विश्वकप विजेता अर्जेन्टिना हाबी हुने अपेक्षा थियो पहिलो हाफमा अर्जेन्टिनाले राम्रै खेल्यो

तर, विश्वकप २०२२ मा समूह ‘सी’ को पहिलो खेल त्यस्तो अपेक्षित भएन दोस्रो हाफमा साउदीले सुधारिएको खेल प्रदर्शन गऱ्यो सलेह अल सेहरीले नियन्त्रण लिँदै अगाडि बढाएर ४८ औं मिनेटमा गोल गर्दै साउदीलाई १–१ को बराबरीमा पुऱ्याएका थिए उनले सेकेन्डबार च्याप्दै प्रहार गरेको गोलमा फिनिसिङ निकै उत्कृष्ट रह्यो सलेम अल दावसरीले ५३ औं मिनेटमा गोल गर्दै साउदीलाई २–१ को अविश्वसनीय अग्रता दिलाए उनले तीन डिफेन्स छक्याएर अर्जेन्टिनाका चार खेलाडीको बीचबाट प्रहार गरेको बलले गोलकिपर एमिलानो मार्टिनेजको ग्लोभ्स छुँदै लोभलाग्दो पारामा पोस्टभित्र पुगेको थियो

साउदीले अग्रता लिए पनि युरोपेली लिगका ठूला क्लबहरूमा राम्रो गरिरहेका खेलाडीले भरिएको अर्जेन्टिना गोल गर्दै खेलमा फर्किने अपेक्षा गरिएको थियो तर, पाँचौंपल्ट विश्वकपमा सहभागी मेसीसहित लाउटारो मार्टिनेज र एन्जेल डी मारियाको अग्रपंक्ति धारिलो भएन अर्जेन्टिनाले थप तीनपल्ट बललाई पोस्टको दिशा दियो तर, मार्टिनेजका दुई र मेसीको एक सटिक प्रहारमा अफसाइड भएकाले रेफ्रीले गोलको मान्यता दिएन

अझै सकिएको छैन’

अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कोलानीले हारपछि भने, ‘अब मेक्सिकोसँगको खेल के हुन्छ भन्ने हो विश्वकपका सबै टिमजस्तै मेक्सिको पनि कडा छ अब हामीले अगाडि बढ्न दुवै खेल जित्नुपर्नेछ।’ उनको टिमले शनिबार मेक्सिको र त्यसपछि समूह चरणको अन्तिम खेलमा पोल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ ‘पक्कै पनि यो हार कठिन रह्यो तर यो खेलको नतिजा छाडेर हामीले सबै खेल जसरी पनि जित्ने प्रयास गर्ने छौं,’ दक्षिण अमेरिकी च्याम्पियन टिमका प्रशिक्षक स्कोलानीले भने, ‘हामी अरू टिमलाई जस्तै पूर्ण रूपमा साउदी अरेबियालाई पनि सम्मान गर्छौं त्यो नै हाम्रो हारको कारण होइन प्राविधिक रूपमा खेल्ने खेलाडीसहितको साउदी टिम राम्रो शारीरिक रूपमा धेरै राम्रो तयारी गरेको छ।’ एसियन कप च्याम्पियन कतारलाई उद्घाटन खेलमै इक्वेडरले हराएपछि कोपा विजेता पनि हारेको हो युरोपियन च्याम्पियन इटाली विश्वकपमा छनोट नै भएन

अपराजित यात्रामा पूर्णविराम

अर्जेन्टिनाले अन्तिम आधा घण्टा केही राम्रो मुभ बनायो आठ मिनेट थपिएको इन्ज्युरी समय १४ मिनेटसम्म चल्यो तर, संगठित देखिएको साउदी डिफेन्स र गोलकिपरको राम्रो प्रदर्शनसामु मेसीको टिमको केही सीप चलेन त्यसैले र्जेन्टिना ८८ हजार १२ जना दर्शकसामु २–१ ले स्तब्ध भयो र प्रथम विश्वकप (१९३०, उरुग्वे) यता अर्जेन्टिना अग्रता लिएर पनि पहिलोपल्ट हार्न पुग्यो

यससँगै अर्जेन्टिना अपराजित यात्रामा इटालीको ३७ खेलको कीर्तिमान बराबरी गर्न चुक्यो जुलाई २०१९ यता अर्जेन्टिनाको अपराजित यात्रा साउदीले ३६ खेलमा पूर्णविराम लगाइदियो यसबीच अर्जेन्टिनाले कोपा अमेरिका जितेको थियो

मेसीको कीर्तिमान

मेसीले गोल गरेको पेनाल्टी पनि भिडियो असिस्टेन्ट रेफ्री (भार) को सहयोगमा सम्भव भएको थियो कर्नरमा बल प्रहार गर्ने प्रयासमा रहेका लियान्द्रो पाराडेसलाई मेसीले साउदीका डिफेन्डर अब्दुल हमिदसाउदले धकेलेर लडाएपछि भारको निर्णयमा प्राप्त पेनाल्टीमा मेसीले सहज गोल गरे उनी चार विश्वकप (सन् २००६, २०१४, २०१८ र २०२२) मा गोल गर्ने पहिलो अर्जेन्टिनी खेलाडी भए विश्वकपमा गोल गर्ने सबैभन्दा कान्छो र सबैभन्दा जेठो खेलाडीको कीर्तिमान बनाए पनि उनले हार टार्न सकेनन्


81 Views

Comments