काठमाडौंमा घण्टी उदाउँदा खुम्चियो एमाले, माओवादी पत्तासाफ

Bhugolpark

१२ बैशाख, २०८१,०६:०१

यसपटक काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी एक्लैले ३ क्षेत्र जितिसकेको छ भने एउटा क्षेत्रमा जितको नजिक छ । कांग्रेसले ५ वटा क्षेत्रमा जित हासिल गर्दा एमालेले एउटा क्षेत्र मात्र जितेको छ ।

७ मंसिर, काठमाडौं । केन्द्रीय राजधानी काठमाडौंमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदाउँदा नेकपा एमाले खुम्चिन पुगेको छ । नेपाली कांग्रेसले एक सिट बढाएको छ भने नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलहरु प्रतिस्पर्धामै आएनन् ।

२०७४ सालको निर्वाचनमा काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये ६ वटामा एमाले विजयी भएको थियो । बाँकी चार निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए । यसपटक नतिजा उल्टिएको छ । एमालेले आफ्नो वर्चस्व गुमाएको छ ।

०७४ मा एमाले क्षेत्र नं २, , , , ८ र ९ मा विजयी भएको थियो । २ मा माधव कुमार नेपाल, ३ मा कृष्णबहादुर राई, ५ मा ईश्वर पोखरेल, ७ मा रामवीर मानन्धर, ८ मा जीवनराम श्रेष्ठ र ९ मा कृष्णगोपाल श्रेष्ठले जितेका थिए ।

यीमध्ये नेपाल र जीवनराम श्रेष्ठ एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीमा थिए । यीमध्ये निर्वाचन क्षेत्र नम्बर ९ मात्रै एमालेले जोगाउन सकेको छ । क्षेत्र नम्बर ९ बाट पुनः कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन् । बाँकी क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी र कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।


179 Views

Comments