पृथ्वीसुब्बा र देव गुरुङबीच कडा टक्कर

Bhugolpark

७ बैशाख, २०८१,०५:३०

पृथ्वीसुब्बा ३ सय ८ मतले मात्रै अगाडि

मंसिर ७,

लमजुङनेकपा (एमाले) उपमहासचिव पृथ्वीसुब्बा गुरुङ  र नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङबीच कसले चुनाव जित्लान् भनेर सर्वत्र चासोको विषय बनेको छ 

एमालेका पदाधिकारीहरूले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा पराजय तथा अग्रता गुमाइरहँदा माओवादी केन्द्रका महासचिव र एमाले उपमहासचिवको चुनावी भिडन्त सर्वत्र चासोको विषय बनेको छ । क्व्होलासोंथर, दुधपोखरी र दोर्दी गाउँपालिका, मध्यनेपाल, राइनास र सुन्दरबजार नगरपालिकाको मतगणना सकिसक्दा देव गुरुङभन्दा पृथ्वीसुब्बा गुरुङ ३ सय ८ मतलेमात्रै अगाडि छन् 

सुरुवातको क्व्होलासोंथर गाउँपालिका र दुधपोखरी गाउँपालिकाको मतगणना भइरहँदा पृथ्वीसुब्बाले देव गुरुङलाई १ हजार ९ सय ९ मतले उछिनेका थिए  बेसीसहर नगरपालिका र मर्स्याङ्दी गाउँपालिकाको मतगणना बाँकी हुँदा दुईमध्ये कस्ले चुनाव जित्छ भन्ने दुवैपक्षले सहजै आँकलन गर्न सकेका छैनन् । राइनास नगरपालिका र सुन्दरबजार नगरपालिकाबाट सोचे अनुरुपको मत प्राप्त नभएपछि माओवादी केन्द्रका महासचिव गुरुङपक्ष तनावमा रहेको एक नेताले बताए  बेसीसहर नगरपालिका र मर्स्याङ्दी गाउँपालिकामा ‘लिड’ गर्ने उसको दाबी छ  स्थानीय तह चुनावमा दुवै पालिकामा सत्ता गठबन्धन पराजित भए पनि देवप्रसाद गुरुङको नातेदार भएको ठाउँ भन्दै व्यक्तिगत प्रभावमा मत आउने उनीहरूको आशा  । दुवै स्थानीय तहको प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्षसहित बहुमत जितेको दुवै पालिकामा अब सहजै जित हासिल गर्ने एमालेको विश्वास छ 


92 Views

Comments