काठमाडौं-७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली विजयी

Bhugolpark

१३ चैत्र, २०८०,०१:५०

काठमाडौँ — काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा  राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुली निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत काठमाडौं क्षेत्र नं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पराजुली ८७४३ मत ल्याई विजयी भएका छन् 

निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार श्‍यामकुमार घिमिरेलाई १९४३ मतान्तरले पराजित गरेका हुन् । पराजित श्‍यामकुमार घिमिरेले ६८०० मत ल्याएका छन् 

काठमाडौं-७ मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार मानुषी यमि भट्टराईले ६ हजार ६३ मत ल्याएकी छिन् । योसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले ३ स्थानमा जित हात पारेको छ 

यसअघि काठमाडौं-८ मा विराजभक्त श्रेष्ठ, काठमाडौं-२ मा सोबिता गौतम विजयी भएकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टी सुनसरी-२, काठमाडौं-६, चितवन-१ र २ तथा ललितपुर-३ मा अग्रस्थानमा रहेको छ 


97 Views

Comments