बाँके-२ मा राप्रपाका धवलशमशेर जबरा निर्वाचित

Bhugolpark

६ बैशाख, २०८१,०१:४०

काठमाडौँ — बाँके निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर जबरा निर्वाचित भएका छन् । जनता समाजवादी पार्टीका उम्मेदवार मोहम्मद इश्तियाक राईलाई ६ हजार ५७ मतान्तरले पराजित गर्दै जबरा विजयी भएका हुन्  

जबराले २९ हजार ५७७ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपा उम्मेदवार राईले २३ हजार ५२० मत ल्याएको निर्वाचन आयोगले जनाएको छ । त्यस्तै तेस्रो स्थानमा आएका नेपाली कांग्रेसका सुदीपनरसिंह राणाले ४ हजार ४०३ मत प्राप्त गरेका छन् 


101 Views

Comments