कास्की २ मा घण्टीको अग्रता कायमै

Bhugolpark

६ मंसिर, २०७९,०९:३२

पोखरा । कास्की २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले निकटतम् प्रतिद्वन्द्वी १ सय ४९ मतान्तरले अग्रता कायमै राखेको छ । रास्वपाका माधवप्रसाद कँडेलले ३ हजार ५ सय ४७ मत ल्याउँदा एमालेकी विद्या भट्टराईले ३ हजार ३ सय ९८ मत प्राप्त गरेकी छन् ।

पाँचदलीय गठबन्धनबाट एकीकृत समाजवादीका श्रीनाथ बरालले १ हजार ९ सय ७४ मत ल्याएर तेस्रो स्थानमा रहेको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत नवीन पौडेलले जानकारी दिए । हालसम्म ११ हजार ८ सय ५३ मत गणना भइसकेको छ । आइतबारको निर्वाचनमा कास्कीमा ६१ प्रतिशत मत खसेको थियो ।


251 Views

Comments