आम निर्वाचन २०७९को प्रतिनिधिसभातर्फ,बेलुका ०८:०० बजेसम्मको अपडेट

Bhugolpark

५ मंसिर, २०७९,१५:११

आम निर्वाचन २०७९को प्रदेशसभातर्फ,बेलुका ०८:०० बजेसम्मको अपडेट

काठमाण्डौंमा प्रतिनिधिसभातर्फ बेलुका ०८:०० बजेसम्म नेपाली कांग्रेस ५ स्थान, नेकपा एमाले ४, राष्ट्रिय स्वतन्त्र पार्टी ३, हाम्रो नेपाली पार्टी र राप्रपा १ स्थानमा अगाडि देखिएको छ । नेपाली कांग्रेस काठमाण्डौंको क्षेत्र नम्बर ३, ४ ५ १० र भक्तपुरको क्षेत्र नम्बर २ मा अगाडि देखिएको छ भने नेकपा एमाले काठमाण्डौंको क्षेत्र नम्बर ७ र ९, भक्तपुरको क्षेत्र नम्बर १ र ललितपुरको क्षेत्र नम्बर १, २ मा अगाडि देखिएको छ ।त्यसैगरी काठमाण्डौंको क्षेत्र नम्बर २ र ६ एवम् ललितपुरको क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि देखिएको छ ।अर्कोतर्फ काठमाण्डौंको क्षेत्र नम्बर ८मा हाम्रो नेपाली पार्टी अगाडि देखिएको छ भने काठमाण्डौंको क्षेत्र नम्बर १मा राप्रपा अगाडि देखिएको छ ।


196 Views

Comments