बैतडीमा प्रहरी जिप दुर्घटना, तीन जनाको मृत्यु, नौ गम्भीर घाइते

Bhugolpark

५ मंसिर, २०७९,०७:२२

बैतडी । बैतडीमा प्रहरी सवार जिप दुर्घटनामा परेको छ । दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङलाडी खोला भन्ने स्थानमा से१ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो । 

 

मतपेटिका पुर्‍याएर फर्कंदै गरेको नेपाल प्रहरी टोली सवार जिप दुर्घटनामा हुँदा तीन प्रहरीको घटनास्थलमै मृत्यु भएको र नौ जना गम्भीर रहेको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । उनले भने, “तीन जनाको मृत्यु भएको भन्ने खबर आको छ, उद्धार जारी रहेको आएको खबर , म आफैँ घटनास्थल जाँदैछु । 

 

जिप सडकबाट करिब तीन सय मिटर तल खसेको जनाएको छ । रातभरि मतपेटिका ढुवानी गरिरहेको र चालकलाई अनिदो भएर दुर्घटना भएको हुनसक्ने प्रजिअ पन्थीको भनाइ  छ । 

 

घाइते प्रहरीको उद्धारका लागि हेलिकप्टर आउँदै गरेको उनले भने, “आठ प्रहरी र एक चालकको अवस्था गम्भीर छ, “उनीहरूलाई उपचारको लागि कोहलपुर पठाउने तयारी छ, “घाइतेलाई पाटन विमानस्थलमा ल्याएका छौँ, सेनाको हेलिकप्टर आउँदैछ । 

 

जिपमा चालकसहित १२ जना सवार थिए । घटनाको थप अनुसन्धान भइरहेको छ । 


266 Views

Comments