काठमाण्डौंको आम निर्वाचन २०७९ को भूगोल पार्कको प्रक्षेपण

Bhugolpark

११ बैशाख, २०८१,१३:०४

आज काठमाण्डौं र  ललितपुरको विभिन्न निर्वाचन क्षेत्रमा बिहान ८.०० बजेदेखि ५.०० बजेसम्म भूगोल पार्कले स्थलगत सर्भे गरेको थियो।

हाम्रो एक्जिट पोल अनुसार काठमाण्डौंको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको प्रकाशमान सिंह अगाडि देखिएका छन् । त्यस्तै काठमाण्डौंको क्षेत्र नम्बर २मा राष्ट्रिय स्वतन्त्र पार्टीको सोभिता गौतम जित्ने सम्भावना देखिन्छ साथै काठमाण्डौंको क्षेत्र नम्बर ३ र ४मा क्रमश: नेपाली कांग्रेसका सन्तोष चालिसे र गगनकुमार थापा  अग्र स्थानमा छन् । काठमाण्डौंको क्षेत्र नम्बर ५ मा इश्वर पोखरेलको बाहुल्यता देखिएको छ भने क्षेत्र नम्बर ६ मा शिशिर खनाल विजय हुने प्रवल सम्भावना छ ।

ललितपुरको क्षेत्र नम्बर ३मा तोसीमा कार्की अग्रणी स्थानमा रहने भूगोल पार्कको प्रक्षेपण रहेको छ ।

काठमाण्डौं र ललितपुरको अन्य क्षेत्रहरूमा भने मतदाताहरूको भनाइ मिश्रित रहेकोले  हामीले प्रक्षपण गरेका छैनौं । काठमाण्डौंको आम निर्वाचन २०७९ को विश्लेशन हामी दिदै जानेछौं ।


255 Views

Comments