१२:४५ सम्म ३२ प्रतिशत मत खस्यो

Bhugolpark

१३ बैशाख, २०८१,०८:२९

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का लागि आज भइरहेको मतदान छिटफुट घटनाबाहेक देशभर शान्तिपूर्ण र उत्साहपूर्वक रूपमा भइरहेको छ । अपरान्ह १२ः४५ बजेसम्म करिब ३२ प्रतिशत मतदान भएको छ ।

सामान्य विवादका कारण केही समय मतदान रोकिएका मतदान केन्द्रमा पुनः मतदान सुचारु भइसकेको आइतबार १ः०० बजे निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलन जानकारी दिँदै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भन्नुभयो, ‘‘केही मतदान केन्द्रहरूमा मतदान कार्य सुचारु गर्न राजनीतिक दल एवं उम्मेदवाहरूबीच छलफल भइरहेको छ ।

मतदान केन्द्रमा भएको सामान्य विवादको कारण केही समय रोकिएको मतदान कार्य सुचारु गर्न र साँझ ५ बजेसम्म मतदान स्थगित भएको सूचना टाँस नगर्न निर्वाचन आयोगले सबै मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ । स्थगित गर्नै पर्ने भए निर्वाचन आयोगसँगको परामर्शमा मात्र गर्न आयोगले मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ ।

मतदाता नामावली नाम नभेटिएमा आयोगको कल सेन्टर निशुल्कः टोल फ्रि नम्बर ११०२ मा फोन गरेर जानकारी लिन सकिनेछ । बाजुराका केही स्थानमा भएको विवाद समाधान गर्ने प्रयास भइरहेको छ । उहाँले मतदान सम्पन्न भइसकेपछि आजै रातिदेखि मतगणना कार्य शुरु हुने बताउनुभयो ।


176 Views

Comments