लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन हो- कांग्रेस केन्द्रीय सदस्य डा कोइराला

Bhugolpark

१० बैशाख, २०८१,०७:१२

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं मोरङ क्षेत्र नं ६ प्रतिनिधिसभा सदस्य उम्मेदवार डा शेखर कोइरालाले लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको बताउनुभएको छ ।

 डा कोइरालाले आज बिहान आदर्श माध्यमिक विद्यालयमा मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै अहिले भइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको माध्यमबाट संविधानको रक्षा, राजनीतिक स्थरिता र भ्रष्टाचार न्यूनीकरण र शासन कायम हुने धारणा राख्नुभयो । नेता कोइरालाले कांग्रेसको नेतृत्वमा आगामी दिनमा गठबन्धनको सरकार निर्माण हुने र कांग्रेसको नेतृत्वको दाबेदारी रहने बताउनुभयो । उहाँले निर्वाचनको परिणामपछि कांग्रेस कस्को नेतृत्वमा सरकार बनाउने भन्नेमा निर्णय हुने बताउनुभयो । निर्वाचनपछि सुशासन दिने प्रष्ट पार्दै उहाँले भन्नुभयोहामी पारदर्शी, जनताप्रति जवाफदेही र भ्रष्टाचार न्यूनीकरण गर्न सकेनौँ भने सरकार परिवर्तन हुन्छ ।


163 Views

Comments