ब्राजिलका नवनिर्वाचित राष्ट्रपतिद्वारा ब्राजिल–पोर्चुगल घनिष्ठ सम्बन्धको लागि आह्वान

Bhugolpark

३ मंसिर, २०७९,११:१२

भ्रमणरत ब्राजिलका नवनिर्वाचित राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले शुक्रबार ब्राजिल र पोर्चुगलबीच घनिष्ठ सम्बन्ध हुनुपर्ने बताउनु भएको छ ।

पोर्चुगल ऐतिहासिक साझेदार हो र हामीले धेरै घनिष्ठ सम्बन्ध राख्न सिक्नुपर्छ, लुलाले पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डे सुसा र प्रधानमन्त्री एन्टोनियो कोस्टासँग भेटवार्ता पछि पत्रकार समक्ष सो धारणा राख्नुभएको हो । सन् २०२३ जनवरी १ मा तेस्रो पटक पदभार ग्रहण गर्दै गर्नुभएका लुलाले आफ्नो सरकारले अमेजन वर्षावनको संरक्षणसहित जलवायु समस्यामा बढी ध्यान केन्द्रित गर्ने बताउनुभएको छ । उहाँ इजिप्टको तटीय शहर शर्म अल–शेखमा रहेको संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलनबाट शुक्रबार लिस्बन पुग्नुभएको हो


154 Views

Comments