प्रचण्ड क्रान्ति र शान्ति दुवैको नायक हुन् : वरिष्ठ नेता पौडेल

Bhugolpark

२९ कार्तिक, २०७९,०९:२४

गोरखा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) शान्ति र क्रान्ति दुवै प्रक्रियाको नायक भएको बताएका छन् ।  

 

गोरखाको पालुङटार नगरपालिकामा आइतबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले गिरिजाप्रसाद कोइराला जस्तै प्रचण्ड पनि शान्ति र क्रान्ति दुवैको नायक भएको बताए ।

 

शान्ति र क्रान्ति दुवैको नायक इतिहासमा कमै जन्मन्छन्, वरिष्ठ नेता पौडेलले भने, “प्रचण्ड पनि त्यसमध्येका एक नेता हुनुहुन्छ । उनले कांग्रेसलगायतका गठबन्धनका दलले आवश्यकताअनुसार प्रचण्डलाई गोरखा पठाएको बताए । 

 

वरिष्ठ नेता पौडेलले संविधानको रक्षाका लागि गठबन्धन बनेको भन्दै यहीँ अब गठबन्धनले मात्रै राष्ट्रलाई समृद्धिको दिशामा लैजाने बताए । हँसिया हतौडासँग डराउनुपर्ने अवस्था छैन, उनले भने, “रुखले हँसिया हतौडालाई भोट हाल्नुस्, हँसिया हतौडाले रुखलाई भोट हाल्नुस् यहीँबाट राष्ट्रिय एकता सुरु हुन्छ । 

 

प्रचण्डले निर्वाचन जितेर गएपछि उनले नै देशको नेतृत्व गर्नसक्ने उनको दाबी छ । रासस


183 Views

Comments