प्रेस विज्ञप्ती

Bhugolpark

१४ बैशाख, २०८१,०५:३७

मितिः २०७९/०७/२६

महालक्ष्मी विकास बैंक लि. का ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

 

सबल बैंक, सफल सहकार्य को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंक लिमिटेडले रेष्टुरेन्ट, आयुर्वेद, श्रृगार, स्वास्थ्य लगायतका क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ काठमाडौंका विभिन्न स्थानमा अवस्थित संस्थाहरु सँग सम्झौता गरेको छ ।

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैकका ग्राकहरूले Himalayan Grill By Bajeko का सम्पूर्ण सेवा !%Ü, Kundalini Ayurveda का सेवाहरू अधिकतम @)Ü, Tsubaki Beauty Saloon & Enterprises Pvt. Ltd का सेवाहरू !)Ü, Opulence Aesthetics Pvt. Ltd. का सेवाहरूमा!)Ü / Crystal Diagnostic Pvt. Ltd. का सेवाहरू अधिकतम @%Ü sf] 5'6 k|fKt ug{ ;Sg]5g\ .

यस किसिमको सहकार्यबाट बैंकका डेविट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षातकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरू संचालन गर्दै आएको छ ।


200 Views

Comments