काठमाडौं-६ : पूर्वरक्षामन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल

Bhugolpark

२८ कार्तिक, २०७९,०९:३५

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि ४ मंसिरमा हुने निर्वाचनका लागि उम्मेदवार प्रचारप्रसारमा तीव्र रूपले लागेका छन् ।

आफू आबद्ध पार्टी तथा आफ्ना चुनावी एजेन्डासहित चुनावी प्रसारप्रसार तथा घरदैलोमा व्यस्त उम्मेदवारलाई अहिले भ्याइनभ्याइ छ । विभिन्न योजना तथा कार्यक्रम सुनाएर मतदाता रिझाउने र मत माग्ने क्रम चलिरहेको छ ।काठमाडौं क्षेत्र नम्बर ६ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नयाँ र पुराना उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । प्रतिनिधिसभा सदस्यका लागि पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवारका रूपमा नेपाली कांग्रेसका नेता एवं पूर्व रक्षा मन्त्री भीमसेनदास प्रधान तेस्रोपटक निर्वाचित हुनका लागि प्रतिस्पर्धामा छन् ।

२०७० को संविधान सभा र २०७४ को प्रतिनिधिसभा सदस्यमा दुईपटक यही क्षेत्रबाट विजयी भएका प्रधान उमेर र अनुभवले पाका नेता हुन् । उमेरले प्रधान ६९ वर्षका भए ।

प्रधान २०६४ देखि निरन्तर यही क्षेत्रबाट चुनाव लड्दै आएका छन् । उनका प्रतिस्पर्धी भने हरेकपटकको निर्वाचनमा फेरिन्छन् । २०६४ को संविधानसभा सदस्य निर्वाचनमा माओवादी नेता हितमान शाक्यसँग प्रधान पराजित भएका थिए ।

२०७० मा भने उनले एमालेका योगेश भट्टराईलाई पराजित गरेका थिए । २०७४ मा वाम गठबन्धन भयो तर काठमाडौं–६ बाट भने प्रधान नै निर्वाचित भए । प्रधानले वाम गठबन्धनका उम्मेदवार झक्कु सुवेदीलाई पराजित गरेका थिए । प्रधानले १६ हजार ७ सय ८५ मत पाएका थिए भने झक्कुले १५ हजार ४ सय ८५ मत पाएका थिए ।

स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरका तीनै वडा (२६, २७ र २८) कांग्रेसले जितेको थियो । त्यस्तै, तारकेश्वरका आठमध्ये ६ वटा कांग्रेसले जितेको थियो भने दुई वडामा एमालेले जितेको थियो ।

 

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल अब बुढा नेता र पुरानो पार्टीले देश विकास गर्लान भनेर कल्पनासमेत गर्न नसकिने भएकोले आफू र आफ्नो पार्टीलाई जनताले चुनाव जिताउँने बताउँछन् ।३० बर्षभन्दा बढी राज्यलाईं दोहन गरेका भ्रष्ट ठुला पार्टीहरूले राजनीतिलाई व्यपार ठाने।शिशिर खनाल भन्नुहुन्छ  देशमा भ्रष्ट्रचार, अन्याय-अत्याचार राणा- पञ्चेहरूले पनि विभिन्न काल खण्डमा गरेका थिए ।उनीहरूको अत्याचार देखेका जनताले कांग्रस, एमाले ,माओवादीलाईं ३० वर्षभन्दा बढी शासन  गर्ने अवसर दिएका नै हुन् ।उनीहरू सरकारमा गएपछि झन दिन दुई गुणा राती चौगुणा भ्रष्टचार गरे राष्ट्रघाती महाकालीसन्धी गरे । एम. सी. सी.संसदबाटै दुईंतीहाईंले पास गरेकै हुन् ।देशमा बेथिती  अनियमित्ता बेरोजगारी चर्को मूल्यवृद्धी आकासीएको छ ।देशमा बहुदल आएपछि  कौडीको भाउँमा उद्योगकलकारखाना बहुदलबादी नेताहरूले बेचे। गिरीजाले लाउडा विमानमा अकुत भष्ट्रचार गरे ।एमालेले कोरणा महामारीमा भष्ट्रचार गरेको जगजाएरै छ । दक्षिण कोरियाका भूतपूर्व राष्ट्रपति पाक सु लाईं सामसुङ कम्पनिको करछलिको अभियोगमा सत्तापक्षको समेत सहयोगमा संसदबाट महाभियोग लगाएर जेलहालीएको छ अब नेपालमा पनि यी भ्रष्ट्र नेताहरूको पनि दिन गन्ति सुरूभएको  बताउँछन्

उहाँ २१ औं शताव्दीमा नेपाली जनता कुनै पार्टीको दास नभएकोले कांग्रेसी गठबन्धनले आफूलाई हराउँन नसक्ने आफ्नो पक्षमा ३३ प्रतिशत भोट आउँने जिकिर गर्दै आफू र आफ्नो पार्टीले देश भरीबाट ३० सिट भन्दा बढी सिट जित्ने बताउँछन् ।

 

टोखाका पाँचमध्ये चार वडा एमालेले जितेको थियो भने कांग्रेस एउटा वडामा खुम्चिएको थियो । वडाध्यक्षले पाएको मतको आधारमा यहाँ कांग्रेसले १७ हजार २ सय ७७, माओवादीले २ हजार ४ सय ६२ र नेकपा एकीकृत समाजवादीले १ हजार ८ सय ५९ गरी गठबन्धनको पक्षमा २० हजार ५ सय ८९ मत छ भने एमालेले १४ हजार ३ सय ३ मत पाएको थियो ।

कांग्रेस आफ्नो पुरानो सांगठनिक पकड र गठबन्धनको बलमा चुनावी परिणाम ल्याउने दाउमा छ भने एमाले भने खनालको नाममा आउने लोकप्रिय मतले जित दिलाउनेमा आशावादी देखिन्छ ।काठमाडौंको बागबजार, पुरानो बसपार्क, कमलादी, असन, ठमेल, लैनचौर, गल्कोपाखा, सामाखुसी, नयाँ बसपार्क, गोंगबु, बानियाँटार, काभ्रेस्थली, धर्मस्थली, मनमैजु, साङ्ला, झोरलगायतका क्षेत्र रहेको सो क्षेत्रमा ६२ हजार १ सय २ मतदाता छन् ।

 

 

टोखाका पाँचमध्ये चार वडा एमालेले जितेको थियो भने कांग्रेस एउटा वडामा खुम्चिएको थियो । वडाध्यक्षले पाएको मतको आधारमा यहाँ कांग्रेसले १७ हजार २ सय ७७, माओवादीले २ हजार ४ सय ६२ र नेकपा एकीकृत समाजवादीले १ हजार ८ सय ५९ गरी गठबन्धनको पक्षमा २० हजार ५ सय ८९ मत छ भने एमालेले १४ हजार ३ सय ३ मत पाएको थियो ।

क्षेत्र नम्बर ६ ‘क’मा कांग्रेसबाट हरिप्रभा श्रेष्ठ ‘खड्गी’ र (ख)मा विष्णुभक्त तिमल्सिना उम्मेदवार बनेका छन् । एमालेबाट क्षेत्र नम्बर ६क’मा निरेशलालसिंह महर्जन र ‘ख’मा अमनकुमार मास्के उम्मेदवार छन् ।

अन्य उम्मेदवार को ?
प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका प्रधान र एमालेका खनालबाहेक विवेकशील साझा पार्टीका अजित खड्का, मौलिक जरोकिलो पार्टीका कमल न्यौपाने, एकीकृत शक्ति नेपालका काजी कार्की, राष्ट्रिय जनमुक्ति पार्टीका तारा रसाइली, जनता समाज पार्टी नेपालका मनोज आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महेश्वर कार्की, हाम्रो नेपाल पार्टीका मुकुन्द सिलवाल, नेपाल आमा पार्टीका राजेन्द्र खनाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्णुप्रसाद आचार्य, राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल र नेपाल मजदुर पार्टीका सनकमान महर्जन प्रतिस्पर्धामा रहेका छन्

यस्तै, प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवार किरण इङनाम, खगेन्द्र ढकाल, जनकराज थपलिया, दीपु उप्रेती, निर्देश सिलवाल, प्रेमसागर कर्माचार्य, बलबहादुर केसी, विष्णुप्रसाद ढकाल, राजेश श्रेष्ठ (मास्के), सञ्जयमान श्रेष्ठ र सानुकान्छा महर्जनले समेत चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

यस्तै, प्रदेशसभा (क)मा कांग्रेसकी खड्गी, एमालेका महर्जनसहित मौलिक जरोकिलो पार्टीकी कल्पना ओझा, जसपाका गणेश शाक्य, राप्रपाका जगतसागर महर्जन, नेमकिपाका देवलक्ष्मी महर्जन, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका बुद्धकाजी महर्जन, नेकपा (माओवादी केन्द्र)का रवीन्द्र श्रेष्ठ, स्वतन्त्र उम्मेदवार सरिता कामी र योगेन्द्र खतिवडाले उम्मेदवारी दिएका छन्

प्रदेशसभा (ख)मा कांग्रेसका तिमल्सिना, एमालेका मास्के, नेकपा (माओवादी केन्द्र)का प्रकाश फुँयाल, नेकपा (एकीकृत समाजवादी)का कृष्णबहादुर खड्का, राप्रपाका चिरागमानसिंह कुँवर, जसपाका धनरुजी बुढा, मौलिक जरोकिलो पार्टीका वासु उप्रेती, राप्रपा नेपालका रिजन रम्तेल र नेमकिपाका श्यामकृष्ण महर्जनले प्रतिस्पर्धामा छन् ।

यस्तै, प्रदेशसभा (ख)मा स्वतन्त्र उम्मेदवार सपना सिंखडा, भरत शर्मा, बबिन्द्रकुमार कार्की, प्रमेश श्रेष्ठ, ख्यामनारायण पंगाली र अरुण महर्जनले उम्मेदवारी दिएका छन् ।

दुवै प्रतिस्पर्धी भन्छन्, ‘संस्कृति तथा सम्पदाको संरक्षण गर्ने’
कांग्रेसबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका प्रधान काठमाडौं क्षेत्र नम्बर ६ को संस्कृति, सम्पदा, संस्कार र परम्परा जगेर्ना आफ्नो मुख्य प्राथमिकता भएको बताउँछन् । ‘नेवारी संस्कृतिको संरक्षण गर्दै नैतिक शिक्षामा आधारित प्राविधिक शिक्षालाई जोड दिने मेरो प्रमुख एजेन्डा हो,’ उनले भने । विगत १० वर्षमा काठमाडौं क्षेत्र नं ६ को विकासमा आफूले महत्वपूर्ण काम गरेकाले आगामी दिनमा बाँकी कामलाई पूरा गर्ने आफ्नो चाहना रहेको उनले बताए ।

राष्ट्रीय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभामा उम्मेवारी दिएका खनाल काठमाडौं क्षेत्र नम्बर ६ लाई आफूले नमुना क्षेत्रका रूपमा विकास गर्ने बताउँछन् । उनी क्षेत्र नम्बर ६ भित्रको संस्कृति तथा सम्पदाको संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमार्फत ६ नम्बर क्षेत्रको विकास गर्ने आफ्नो प्रमुख योजना रहेको बताउँछन् ।

सहरी क्षेत्रमा संस्कृति तथा सम्पदाको संरक्षण, बस्ती क्षेत्रमा खानेपानी, ढल र विद्युत् समस्या समाधान र काठक्षेत्रमा कृषि र घरेलु उद्योगको विकास गर्नु मेरो प्रमुख योजना हो,’ खनालले भने । काठमाडौं क्षेत्र नम्बर ६ भित्रका खोलानालाको संरक्षण गर्दै कोरिडोर निर्माण गरी ट्राफिक व्यवस्थापनमा समेत नमुना बनाउने आफ्नो लक्ष्य रहेको उनले बताए ।

काठमाडौंको बागबजारबाट नुवाकोटसम्म छोएको सो क्षेत्रमा ३२ मतदान केन्द्र र ७५ मतदानस्थल छन् । काठमाडौं ६ मा काठमाडौं महानगरपालिकाको वडा नम्बर २६, २७ र २८, टोखा नगरपालिकाको वडा नम्बर १, , , १० र ११ का साथै तारकेश्वर नगरपालिकाको वडा नम्बर १, , , , , , १० र ११ वडा पर्छन् ।


196 Views

Comments