राष्ट्रीय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको कारमाथि कायरतापूर्ण आक्रमण

Bhugolpark

१२ चैत्र, २०८०,१४:५३

भाद्र २७ चितवन आज पार्टी सभापतिको घरदैलोको क्रममा रहेको गाडीमाथि प्रहार भएको छ ।

निस्पक्ष र भयरहित वातावरणमा चुनाव गराउनु पर्ने राज्य मुकदर्शक बनेको छ । शान्ति सुरक्षा कायम गर्नमा राज्य सञ्चालनमा बसेकाहरूको असक्षमता फेरी एकपटक उदाङ्गो भएको छ ।३० बर्षभन्दा बढी राज्यलाईं दोहन गरेका भ्रष्ट ठुला पार्टी भनाउँदाका लम्पट नेता तथा कार्यकर्ताहरूको अत्याचारले सीमा नाघेको छ ।देशमा यस्तै अत्याचार राणा- पञ्चेहरूले पनि विभिन्न काल खण्डमा गरेका थिए ।उनीहरूको अत्याचार देखेका जनताले कांग्रस, एमाले ,माओवादीलाईं ३० वर्षभन्दा बढी शासन  गर्ने अवसर जनताले दिएका नै हुन् ।उनीहरू सरकारमा गएपछि झन दिन दुई गुणा राती चौगुणा भ्रष्टचार गरे, राष्ट्रघाती महाकालीसन्धी गरे । एम. सी. सी.संसदबाटै दुईंतीहाईंले पास गरेकै हुन् ।देशमा बेथिती  अनियमित्ता बेरोजगारी चर्को मूल्यवृद्धी आकासीएको छ ।देशमा बहुदल आएपछि  कौडीको भाउँमा देशको उद्यौगकलकारखाना बहुदलबादी नेताहरूले बेचेर खाएकै हुन् । गिरीजाले लाउडा विमानमा अकुत भष्टभार गरे ।एमालेले कोरणा महामारीमा भष्ट्रचार गरेको जगजाएरै छ । दक्षिण कोरियाका भूतपूर्व राष्ट्रपति पाक सु लाईं सामसुङ कम्पनिको करछलिको अभियोगमा सत्तापक्षको समेत सहयोगमा संसदबाट महाभियोग लगाएर जेलहालीएको छ अब यी भ्रट नेताहरूको पनि दिन गन्ति सुरू हुन् सक्ने उनको पार्टीका नेता तथा कार्यकर्ता बताउँछन् ।

रवि लामिछाने भन्छन् "नयाँ संविधान जारी भएपछिको पहिलो स्थानीय निर्वाचन र आम निर्वाचनका क्रममा सत्तास्वार्थका लागि घाइते बनाएकै हुन् । स्थानीय निर्वाचनमा नेपाली कांग्रेस र माओवादी दलले एकआपसमा सम्झौता गरेर सिट बाँडफाँट गरेकै थिएविगतमा पनि राजनीतिक आदर्श, लक्ष्य वा कार्यक्रममा कुनै तादात्म्य नभएका कांग्रेस र माओवादीबीचको चुनावी तालमेल सत्ता र शक्तिका लागि जस्तोसुकै सम्झौता गर्ने गलत प्रवृत्तिको सुरूआत भएकै थियो।"

त्यसपछिको आम निर्वाचनमा एमाले र माओवादी दलले एकीकरणको अर्को भद्दा अभिनय प्रस्तुत गरे र जनमतलाई प्रभाव पारे। माओवादी र एमालेबीचको सिट बाँडफाँटको सहमति जसलाई एकीकरण भनेर आम जनतालाई झुठो कुरा बताइएको थियो, त्यसले केपी ओलीको स्वेच्छाचारी शासन सम्भव गराइदियो र त्यो भयंकर राजनीतिक द्वन्द्वको कारण बन्यो।

झट्ट हेर्दा राजनीतिक दलहरूबीच सहकार्य जस्तो देखिए पनि निर्वाचन जित्न दलहरूबीच भइरहेको गठबन्धन देशका लागि घातक छ।

विगतमा एमाले-माओवादी र अहिले कांग्रेस-माओवादीको गठबन्धन दलहरूबीचको यथेष्ट विमर्शका आधारमा वा निश्चित राजनीतिक उद्देश्यमा केन्द्रित गठबन्धन होइनन्। गठबन्धनको ऊर्जा वरिष्ठ भनिने सीमित नेताहरूको व्यक्तिगत स्वार्थ हो। यस स्वार्थले निर्वाचनलाई सत्ता प्राप्तिको माध्यममा सीमित गरेको छ। सीमित व्यक्तिको स्वार्थका आधारमा निर्माण भएको गठबन्धन कमजोर र असुरक्षित हुन्छ जसरी केपी ओली र प्रचण्डबीचको फाटो विगतको सरकार बनेको केही महिना पनि नपुग्दै सुरू भयो। अहिले बनेको कांग्रेसमाओवादी लगाएतको सत्ता रूढ गठबन्धन र एमालेको गठबन्धनले देशको हित गर्दैन् ।

 रवि लामिछाने जस्तो जनजनको मनमा बसेको व्यतिमाथी प्रहार हुनुभनेको परिवर्तन र विकासको चाहाना राख्ने आम नेपाली माथिको प्रहार हो  । यस्तो प्रहारले परिवर्तनकारी नेता तथा कार्यकर्ताको पाइलाहरू रोकिदैन् ।उनीहरूले आजको घटनालाईं कायरतापूर्ण भन्दै  मङ्सिर ४ मा यो देशमा घण्टी त बज्छ, बज्छ  🔔🔔भन्दै झन चितवानवासीहरू एकतावद्ध भएका राष्ट्रीय स्वतन्त्र पार्टीको भनाईं छ ।

उनीहरूले आफ्ना भनेका छन् "समर्थक तथा शुभचिन्तकहरुलाई हार्दिक अनुरोध छ, देशमा यो निर्वाचनमा केहि अलग हुदैछ । यो परिवर्तनबाट आफुलाई जोखिम देखेकाहरुले उग्रता देखाउन सक्छन् । यसैले जे जस्तो परिस्थितिमा पनि आफु शान्त रहनुहोला, सुरक्षित रहनुहोला । आफुलाई कति पनि अफ्ठ्यारो र जोखिममा नपारी मत परिवर्तन गर्नुहोला । सबै मिलेर राजनीतिमा यो किसिमका अलोकतान्त्रिक चरित्रलाई परास्त गर्नै पर्छ ।"


82 Views

Comments