पूर्वप्रधानमन्त्रीमाथिको घातक आक्रमणको निष्पक्ष अनुसन्धान गर्नुपर्छ’

Bhugolpark

२२ कार्तिक, २०७९,११:१६

पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि हालै भएको गोली प्रहारको निष्पक्ष अनुसन्धान गर्नुपर्ने बताउनुभएको छ ।

अमेरिकी टेलिभिजन सिएनएनसँगको कुराकानीमा उहाँले पूर्वप्रधानमन्त्री खानमाथि भएको गोली प्रहारको निन्दा गर्दै यस घटनाको निष्पक्ष रुपमा छानविन गर्नुपर्ने बताउनुभएको हो । अन्तर्वार्तामा उहाँले भन्नुभयो ‘‘देशभित्र उहाँका विषयमा हुने चर्चा हाम्रो आन्तरिक विषय हुन् तर उहाँमाथिको हमला देशका एकजना पूर्वप्रधानमन्त्रीमाथिको हमला हो, त्यसैले यसको निष्पक्ष अनुसन्धान हुनु जरुरी छ ।’’ उहाँले सो घटनाको आफूले सुरुमै निन्दा गरेको र यसको स्वतन्त्र र निष्पक्ष रुपमा छानबिन हुनुपर्छ भन्ने माग गरेको पनि बताउनुभयो । पूर्वप्रधानमन्त्री खानको रुस भ्रमणका विषयमा विवाद उत्पन्न भएको र रुस र युक्रेनको पछिल्लो द्वन्द्वका कारण खानलाई विवादास्पद बनाइएको विदेशमन्त्री जर्दारीले बताउनुभयो । यसअघि नै पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले पूर्वप्रधानमन्त्री खानको हत्या प्रयासको स्वतन्त्र छानविनका लागि एक न्यायिक समिति गठन गर्न आदेश दिइसक्नुभएको छ ।

पूर्वप्रधानमन्त्री खानमाथि गत बिहीबार पाकिस्तानको वाजिरिस्तानमा गोली प्रहार भएको थियो । खुट्टामा गोली लागेका उहाँ जोखिममुक्त हुनुहुन्छ । चिकित्सकहरूले उहाँको खुट्टाबाट तीन वटा गोली निकालिेका थिए ।


118 Views

Comments