उम्मेदवार चिनौँ, सही निर्णय गरौँ।

Bhugolpark

१८ माघ, २०८२,१६:३६

गगन कुमार थापा नेपाली कांग्रेसका सभापति हुन् र समाजशास्त्र विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेका छन्। उनी विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् र त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा सदस्य तथा सचिवको भूमिका निर्वाह गरिसकेका छन्। पछि उनी नेपाल विद्यार्थी संघको केन्द्रीय उपाध्यक्ष र महामन्त्रीका रूपमा सक्रिय रहे। नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट उनी भारी मतसहित पार्टीको महामन्त्री पदमा निर्वाचित भए। विगतमा उनले विभिन्न निर्वाचनबाट प्रतिस्पर्धा गर्दै आएका छन् भने हाल उनी सर्लाही, क्षेत्र नं. ४ बाट उम्मेदवारका रूपमा उठेका छन्।


1 Views

Comments