६ माघ, झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मनोनयन दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालय पुगेका छन् । समर्थक र बाजागाजासहित बालेन निर्वाचन अधिकृतको कार्यालय पुगेका हुन् ।
बालेनलाई ठाउँठाउँमा कलससहित स्वागत गरिएको थियो । दमक नगरपालिका वडा नम्बर ८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले केही बेरमा मनोनयन दर्ता गराउनेछन् ।
काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर उनी राजनीतिमा होमिएका हुन् ।
Comments