५ माघ, काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाहरूमा उम्मेदवारको टुंगो लगाएको छ । पार्टीम चुलिएको विवादका बीच कांग्रेसले हिमाली जिल्लाहरूमा उम्मेदवारको टुंगो लगाएका हो ।
नवनिर्वाचित सहमहामन्त्री फरमुल्लाह मन्सुरले २१ फागुनका लागि हुन गइरहेको निर्वाचनका लागि हिमाली जिल्लाहरूमा उम्मेदवार टुंगो लगाइसकिएको बताए । उनले उम्मेदवारहरूको नाम भने खुलाएनन् ।
‘हिमाली जिल्लाको सबै उम्मेदवार टुंगो लागिसकेको छ । अन्य जिल्लाको पनि करिब मिल्ने क्रममा छ,’ मन्सुरले अनलाइनखबरसँग भने, ‘अब अरु पक्षसँग पनि छलफल गरेर सबै ठाउँको निश्चित गर्छौं ।’
Comments