एमाले महाधिवेशनमा मेन्यु : ब्रेड, फलफूल र मासुभात

Bhugolpark

२९ मंसिर, २०८२,११:५१

२९ मंसिर, काठमाडौं । एघारौं महाधिवेशनको बन्दसत्रमा सहभागीहरुलाई एमालेले ब्रेड–फलफूलदेखि मासु–भातसम्मको व्यवस्था मिलाएको छ ।

खाना–नास्ता व्यवस्थापनको जिम्मा कार्की क्याटरिङ सर्भिसले पाएको छ ।

मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा उदघाटन भएको एमालेको महाधिवेशनको बन्दसत्र २८ गतेदेखि भृकुटीमण्डपमा जारी छ।

सहभागीहरूलाई बिहानको नास्तामा ब्रेड, चना, फ्रेन्चफ्राई, ससेज, अण्डा, चियाकफीको व्यवस्था गरिएको छ । फलफुलमा मेवा खरबुजा लगायतका आइटम छन् ।

यसैगरी खानामा मासु–भातको व्यवस्था छ । मासु नखानेहरुका लागि पनि दाल, भात, तरकारी, सलाद लगायतको व्यवस्था छ ।

भृकुटीमण्डपको प्रदर्शनी कक्षको हलमा खाना नास्ता खाने ठाउँको रुपमा प्रयोग गरिएको छ । त्यहाँ ठूलो अक्षरमा ‘खाना थपेर खाऔं, खेर नफालौं’ लेखिएको छ ।

pic:onlinekhabar


66 Views

Comments