गोवाको नाइट क्लबमा आगलागी हुँदा ४ नेपालीको मृत्यु (नामावलीसहित)

Bhugolpark

२२ मंसिर, २०८२,११:५६

काठमाडौं । भारत गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा परी चार नेपालीको पनि मृत्यु भएको खुलेको छ । सो घटनामा कुल २५ जनाको मृत्यु भएको छ भने ६ जना घाइते छन् ।

घटनामा मृत्यु हुने २० जना क्लबका कर्मचारी हुन् भने उनीहरूमध्ये चार जना नेपालका नागरिक भएको गोवा सरकारले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

हिन्दुस्तान टाइम्सका अनुसार आगलागीमा परी मृत्यु हुने नेपालीहरुमा चुर्णबहादुर पुन, विवेक कटवाल तथा सविन र सुदीप छन् । उनीहरु नेपालका भनिए पनि ठेगाना खुलेको छैन । गोवा सरकारले शव नेपाल पठाउने व्यवस्था मिलाइने जनाएको छ ।

अधिकारीका अनुसार शनिबार मध्यराति नाचगान भइरहेको बेला इलेक्ट्रोनिक फायरक्राकर चलाउँदा आगलागी सुरु भएको थियो । साँघुरा बाटोका कारण दमकल पुग्न नसक्दा आगो भयावह भएको थियो ।

नाइट क्लबमा धेरैजसो मानिस भुइँतलामा र भान्सातिरै थुनिएर ज्यान गुमाएको पाइएको छ । केहीको जलेर र केहीको धुँवामा निसास्एिर मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

घटना सम्बन्धी प्रारम्भिक अनुसन्धानले क्लबले आवश्यक सुरक्षा मापदण्ड पालना नगरेको र अवैध रूपमा सञ्चालन भइरहेको पाइएको छ ।

गोवा प्रहरीले नाइट क्लबका महाप्रबन्धक र कर्मचारीसहित चार जनालाई पक्राउ गरेको छ । मालिक सौरभ लुथरा र गौरव लुथराविरुद्ध मुद्दा दर्ता गरिएको छ । नियमविपरीत नाइट क्बल सन्चालन अनुमति दिएको आरोपमा गोवा सरकारका तीन वरिष्ठ अधिकारी पनि निलम्बनमा परेका छन् ।

गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले मृतकका परिवारलाई पाँच लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन् । साथै, अनुमति बिना सञ्चालन भइरहेका क्लब तथा भीडभाड हुने स्थानको अडिट गर्ने जनाएका छन् ।

प्रत्यक्षदर्शीहरूका अनुसार क्लब अत्यधिक भीडिएको थियो र आगो सुरु भएको केही मिनेटमै पूरा संरचना जलेर नष्ट भएको थियो । आगोमा परेर ग्याँस सिलिण्डर पनि विष्फोट भएपछि भयावह भएको थियो ।

गोवा आगलागीमा मृत्यु भएका व्यक्तिहरूको सूची 

चुर्ण बहादुर पुन — नेपाल

विवेक कटवाल — नेपाल

सबिन — नेपाल

सुदीप — नेपाल

मोहित— झारखण्ड

प्रदीप महतो— झारखण्ड

बिनोद महतो— झारखण्ड

सतीश सिंह — उत्तराखण्ड

सुरेन्द्र सिंह — उत्तराखण्ड

जितेन्द्र सिंह — उत्तराखण्ड

सुमित नेगी — उत्तराखण्ड

मनिश सिंह — उत्तराखण्ड

दिगम्बर पटिर — असम

राहुल तन्ती— असम

मनोजित माल — असम

सुनील कुमार — उत्तर प्रदेश

रोहन सिंह — उत्तर प्रदेश

डोमिनिक — महाराष्ट्र

मनोज जोरा — महाराष्ट्र

इसहाक — कर्नाटक

सुभास क्षेत्री— दार्जिलिङ, पश्चिम बंगाल

सरोज जोशी — दिल्ली

विनोद कुमार — दिल्ली

अनिता जोशी — दिल्ली

कमला जोशी — दिल्ली


85 Views

Comments