१८ मंसिर, काठमाडौं । प्रहरी वृत्त जनसेवामा कार्यरत प्रहरीमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२० का ४१ वर्षीय नीरज चित्रकार र काठमाडौं–१० का ४० वर्षीय राजकुमार क्षेत्री छन् ।
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनीहरूले जेनजी आन्दोलनको दिन अपराध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरीलाई घेराबन्दी गरेर कुटपिट गरेको आरोप छ ।
पक्राउ परेकामध्ये नीरज यसअघि ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलेका व्यक्ति रहेको अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले बताए ।
Comments