अमेरिकाले भारतलाई दियो ९३ मिलियन डलरको हतियार बिक्रीको स्वीकृति

Bhugolpark

५ मंसिर, २०८२,०९:४२

काठमाडौं । अमेरिकी विदेश विभागले भारतलाई जेभलिन एन्टी–ट्यांक मिसाइल प्रणाली र गाइडेड आर्टिलरी गोलाबारुद बिक्रीको स्वीकृति दिएको छ ।

 अमेरिकी रक्षा सुरक्षा सहयोग एजेन्सी (डीएससीए)का अनुसार, यो सम्झौताको कुल मूल्य लगभग ९३ मिलियन अमेरिकी डलर छ । 

वासिङ्टनको वैदेशिक सैन्य सामाग्री बिक्री कार्यक्रमअन्तर्गत भारतको यो पहिलो खरिद हो, जुन अगस्टमा दुवै देशबीच व्यापारिक तनावपछि भइरहेको छ ।

डीएससीएले एक वक्तव्यमा यो प्रस्तावित बिक्रीले अमेरिकाको विदेश नीति र राष्ट्रिय सुरक्षा उद्देश्यहरूलाई समर्थन गर्ने र भारतलाई इन्डो–प्यासिफिक र दक्षिण एसियामा स्थिरता, शान्ति र आर्थिक प्रगतिको लागि एक महत्वपूर्ण रक्षा साझेदार बनाउन सहयोग गर्ने बताएको छ । 

भारतले २१६ वटा एक्सक्यालिबर ट्याक्टिकल प्रोजेक्टाइल र १०० वटा जेभलिन प्रणालीहरू खरिद गर्न अनुरोध गरेको छ । एक्सक्यालिबर गोलाबारुद पहिले नै भारतका एम–७७७ हाउइट्जर तोपहरूमा प्रयोग भइरहेको छ ।

जेभलिन मिसाइल कन्ट्रयाक्ट (सम्झौता)का मुख्य ठेकेदार आरटीएक्स र लकहिड मार्टिन जेभलिन ज्वाइन्ट भेन्चर हुने र जुन ओरलान्डो, फ्लोरिडा र टक्सन, एरिजोनामा रहेका छन् । एक्सक्यालिबर प्रोजेक्टाइलका लागि मुख्य ठेकेदार आर्लिंग्टनको आरटीएक्स कर्पोरेसन हुने बताइएको छ । 


77 Views

Comments