२९ कात्तिक, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले स्वतन्त्र विद्यार्थी युनियन, नेपाल (स्ववियु परिषद्, नेपाल) गठन गरेको छ ।
विश्वविद्यालयका कलेजमा निर्वाचित अध्यक्ष, पदाधिकारी एवं सदस्यहरुको प्रतिनिधिमूलक साँझा संस्थाका रुपमा स्ववियु परिषद् नेपाल गठन गरेको हो ।
नेविसंघले परिषद्को अधिवेशन मिति पनि तय गरेको छ । यसै सालको मंसिर ११, १२ र १३ गते त्रिभुवन विश्वविद्यालय परिसरमा अधिवेशन हुनेछ । अधिवेशन व्यवस्थापनका लागि राज थेवेको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ ।

Comments