सिंगापुर पुगे देउवा दम्पती, एयरपोर्टबाट ह्वीलचेयरमा बाहिरिए

Bhugolpark

११ कार्तिक, २०८२,०९:२६

११ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा सिंगापुर पुगेका छन् ।

गएराति काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेका उनीहरु सिंगापुरको चाङ्गी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । विमानस्थलबाट बाहिरिने क्रममा देउवा दम्पती ह्विलचेयरमा देखिएका थिए ।

देउवा दम्पती स्वास्थ्य उपचारका लागि गएराति सिंगापुर एयरलाइन्सको विमानमार्फत् काठमाडौंबाट प्रस्थान गरेका थिए ।

जेनजी आन्दोलनको दोस्रो दिन (भदौ २४ गते) बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो भने घरमा आगजनी भएको थियो ।

लामो समयसम्म सार्वजनिक नभएका देउवा दम्पती गत असोज २८ गते पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकबाट सार्वजनिक भएका थिए ।

त्यसपछि कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएर देउवा उपचारका लागि सिंगापुर गएका हुन् ।


67 Views

Comments