३ कात्तिक, काठमाडौं । हमासले युद्धविराम सम्झौता उल्लंघन गरेको दाबी गर्दै आइतबार हवाई आक्रमणमा उत्रिएको इजरायली सेना (आईडीएफ)ले फेरि युद्धविराममा फर्किने बताएको छ ।
रफाहमा ‘आतंकवादी’ बाट ‘एनटी ट्याङ्क मिसाइल’ प्रहार र गोलीबारी गरिएको घटनामा आफ्ना दुई सैनिकको मृत्यु भएको आरोप लगाउँदै आईडीएफले गाजामा हवाई आक्रमण गरेको थियो । उता हमासले इजरायली नियन्त्रण रहेको क्षेत्रमा कुनै पनि प्रकारको झडपबारे आफूलाई केही जानकारी नभएको बताएको छ ।
हमासले आफू युद्धविरामका लागि प्रतिबद्ध रहेको पनि जनाएको छ । उसले इजरायलमाथि युद्धविराम उल्लंघनको अरोप लगाउँदै आक्रमणबाट स्थिति बिग्रने प्रतिक्रिया दिएको छ । आइतबार बेलुकी इजरायली सेनाले गाजामा हमासका अड्डाहरूमा आक्रमण गरिएको बताएको छ । बीबीसीले अस्पताल स्रोतको हवाला दिँदै उक्त आक्रमणमा ४४ जनाको मृत्यु भएको जनाएको छ ।
Comments