मुग्लिन-नारायणगढ सडकमा बस र ट्रकसहित ७ गाडी ठोक्किए

Bhugolpark

२ कार्तिक, २०८२,०८:५४

१ कात्तिक चितवन । चितवनको मुग्लिन नारायणगढ सडकखण्डमा बस र ट्रकसहित ७ वटा सवारीसाधन ठोक्किएका छन् ।

बिहान भएको दुर्घटनामा सात जना घाइते भएका छन् । दुर्घटनामा परेका घाइतेहरूको उद्दारको काम भइरहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी रवीन्द्र खनालका अनुसार घाइतेलाई भरतपुर उपचारका लागि ल्याइँदैछ ।

दुर्घटनाको थप विवरण आउन बाँकी छ ।


15 Views

Comments