कांग्रेस पदाधिकारी बैठकमा देउवा सहभागी नहुने, पूर्णबहादुरले अध्यक्षता गर्ने

Bhugolpark

२३ आश्विन, २०८२,०९:१५

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको आज बस्ने पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा सहभागी नहुने भएका छन् ।

कांग्रेस पदाधिकारी बैठक आज दिउँसो १ बजे ललितपुरको एक होटलमा बस्दैछ । सभापति देउवा सहभागी नहुने भएपछि बैठक उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बस्न लागेको हो ।

जेनजी आन्दोलनपछि देउवा पार्टीको बैठकमा सहभागी भएका छैनन् । यसअघि उनले पार्टीका केही नेताहरुसँग भर्चुअल बैठक भने गरेको नेताहरु बताउँछन् । दुई दिने जेनजी आन्दोलनको दोस्रो दिन (भदौ २४ गते) देउवा र उनकी पत्नी आरजु राणा माथि बुढानीलकण्ठस्थित निवासमै कुटपिट भएको थियो ।

आगजनीबाट निवास ध्वस्त भएपछि उनीहरु ललितपुरमा बस्दै आएका छन् । तर, उनी बसेको स्थानबारे हालसम्म जानकारी गराइएको छैन । आजको बैठकमा २६ असोजमा बस्ने केन्द्रीय समितिका एजेण्डाबारे बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।

 


22 Views

Comments